डिसहोमको नयाँ कनेक्सन अब मात्र २९९९ मा

नेपालभ्युज

डिसहोमको नयाँ कनेक्सन अब मात्र २९९९ मा

काठमाडौं। डिसहोमको नयाँ कनेक्सन अब मात्र २९९९ मा जडान गर्न सकिने भएको छ । सीमित अवधिको लागि यो छुट योजना लागू हुनेछ ।

डिसहोमले आफ्नो ग्राहकहरूलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाइने अफरसमेत सञ्चालन गरिरहेको छ ।

डिसहोमका डिलरहरूमार्फत Fund Transfer तथा अनलाइन माध्यमबाट वार्षिक रिचार्ज गर्दा Weekly Lucky Draw मा भाग लिने अवसर प्राप्त हुनेछ र हरेक साता १ जना भाग्यशाली ग्राहकहरूले नगद एक लाख नगद उपहार यस अफरमार्फत जित्नेछन् ।

यस्तै, डिसहोमको नियमित रिचार्जमा २० प्रतिशत सम्म बोनस पाउन सकिन्छ । डिसहोमका डिलरहरूमार्फत Fund Transfer, वा रिचार्ज कार्डबाट मात्र रिचार्ज गर्दा १ महिना वा रु १००० भन्दा कमको रिचार्जमा ५ प्रतिशत, रु १००० को रिचार्जमा १० प्रतिशत बोनस र रु २००० को रिचार्जमा २० प्रतिशत बोनस, ३ महिनाको रिचार्जमा १ महिना बोनस, ६ महिनाको रिचार्जमा ३ महिना बोनस प्राप्त गर्न सकिनेछ ।

नेपाल भर रहेका डिसहोमका डिलर, तथा सब डिलर बिक्रेताहरूमार्फत ग्राहकहरूले Fund Transfer बाट वार्षिक रिचार्ज गरी थप बोनस योजनामा सहभागिता जनाउन सक्नुहुनेछ साथै रिचार्ज कार्ड बाट बोनस प्राप्त गर्न सकिनेछ । Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिसहोम बिक्रेता वा डिसहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved