एजेन्सी । हिजोआज मानिसको सबैभन्दा ठूलो समस्या भनेकै मोटोपन हुँदै गइरहेको छ । त्यसैले कतिपयले आफ्नो तौल कम गर्न विभिन्न खाले खानपान, व्यायाम, व्रत लगायतका उपाय अपनाइरहेका हुन्छन् ।
यदि तपाईं पनि तौल कम गर्दै हुनुहुन्छ भने यी ३ चीज सधैं साथमा राख्नुहोस् । जसले गर्दा तपाईंलाई तौल कम गर्न मद्दत मिल्नेछ ।
१. खाना तौलने मेसिन
शारीरिक अवस्थालाई बदल्नका लागि सबैभन्दा पहिलो कुरा खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ । यस्तोमा तपाईंले डाइटिशियनले भनेअनुसारको खानपान गर्नुपर्ने हुन्छ । वा तपाईंले तौलिएर खाना खानुपर्ने हुन्छ ।
जसका लागि तपाईंलाई खाना तौलिने मेसिन (फुड मेजरमेन्ट स्केल) एकदमै आवश्यकता पर्दछ । यदि तपाईंसँग यो मेसिन छ भने खाना कति खाने भनेर चिन्ता लिनु पर्दैन । तौलिएर जति आवश्यक छ त्यति सेवन गर्न सक्नुहुन्छ । जसले गर्दा धेरै खाना खाने डर हुँदैन ।
२. योगा म्याट
तौल कम गर्नका लागि खानपान सँगै व्यायाम पनि एउटा महत्वपूर्ण पाटो हो । खाना मात्रै कम खाएर यदि दुब्लाउँछु भनेर लाग्नुभयो भने तपाईंलाई विभिन्न खाले शारीरिक समस्या देखिन सक्छन् ।
त्यसैले खानपिन र योग अथवा व्यायामको सन्तुलन गर्न सक्नुभयो भने तपाईं स्वस्थकर ढंगले तौल कम गर्न सक्नुहुन्छ । योगा म्याट भयो भने तपाईंलाई व्यायामका लागि उत्साह पनि आउँछ । आँखा अगाडि व्यायाम गर्ने म्याट देखियो भने योग गर्ने प्रेरणा मिल्छ ।
३. स्मार्ट घडी
हिजोआज धेरैसँग प्रायः स्मार्ट घडी त हुन्छ नै । तर यदि तौल कम गर्दै हुनुहुन्छ भने झनै यो घडी एकदमै लाभदायक हुन्छ । किनकी यसको मद्दतले तपाईंले कति क्यालोरी बर्न गर्नुभयो कति हिँड्नुभयो लगायत थाहा पाउन सक्नुहुन्छ ।
साथै यसमा विभिन्न सेटिङ गरेर दिनहुँ रिमाइन्डरको काम पनि गर्न सक्छ । त्यसैले यदि तौल कम गर्दै हुनुहुन्छ भने तपाईं आफ्नो बजेटको हिसाबले एउटा स्मार्ट वाच किन्नुहोस् ।
Facebook Comment
Comment