यी साना साना कुराले मुहारमा मुस्कान ल्याउनुहोस्

अनेक खालका तनावसँग हामी दिनहुँ जुधिरहेका हुन्छौं । आज हामी तपाईंलाई यस्ता साना साना कुराहरु बताउने छौं जसले तपाईंको जीवनमा थोरै भए पनि मुस्कान ल्याउन सक्नुहुनेछ ।

नेपालभ्युज

यी साना साना कुराले मुहारमा मुस्कान ल्याउनुहोस्

एजेन्सी । प्रायः हामी सबैसँग दिनमा एकपटक केही न केही नराम्रो घटना घटेकै हुन्छ । वा कहिलेकाहीँ जीवनमा यस्तो मोड पनि आउँछ जहाँ तपाईंले भन्नुहुन्छ, ‘यो खराब समय कहिले सकिन्छ ?’ ।

अनेक खालका तनावसँग हामी दिनहुँ जुधिरहेका हुन्छौं । आज हामी तपाईंलाई यस्ता साना साना कुराहरु बताउने छौं जसले तपाईंको जीवनमा थोरै भए पनि मुस्कान ल्याउन सक्नुहुनेछ ।

१. किताबसँग बिताउनुहोस् समय

किताबहरु मानिसका सबैभन्दा राम्रा साथी हुन्छन् । यदी तपाईंलाई मानिसको बीचमा समय बिताउन मन छैन, एक्लै बस्न मन छ भने तपाईं एक्लै बसेर किताब पढेर समय बिताउन सक्नुहुन्छ ।

जसले तपाईं एक्लो महसुस पनि गर्नुहुनेछैन साथसाथै तपाईं साथीसँग पनि भएको महसुस गर्नुहुनेछ । आफूलाई मन परेको किताब पढ्दाखेरी सकारात्मक ऊर्जा आउँछ जसले तपाईंको मनमा थोरै भए पनि खुशी ल्याउनेछ ।

२. घामको किरण

निलो आकाश र घामले तपाईंको मुड केही मिनेटमै फे्रस गर्न सक्छ । यदी तपाईंको मुड खराब छ, केही पनि राम्रो लागिरहेको छैन, तनाव महसुस गरिरहनु भएको छ भने कुनै पार्कमा गएर घाममा वा कुनै रुखको छहारीमा बस्नुहोस् ।

तपाईं कोठाबाट पनि झ्याल खोलेर सूर्यका किरणहरुलाई महसुस गर्न सक्नुहुन्छ । जसले गर्दा तनाव कम हुन्छ ।

३. डायरी लेख्नुहोस्

कतिपय अवस्थामा हामी आफ्नो मनको कुरा कसैसँग सेयर गर्न चाहन्नौं । यस्तो बेला तपाईं आफ्नो मनमा लागेका सुखदुखका कुरा डायरीमा लेख्न सक्नुहुन्छ । वा मनमा तत्काल जे आइरहेको छ त्यो कुरा पनि डायरीमा लेख्न सक्नुहुन्छ जसले गर्दा मन हल्का हुनेछ । तपाईंलाई जति तनाव लेख्नु अघि महसुस भइरहेको थियो त्यो लेखिसकेपछि हुनेछैन ।

४. व्यायाम वा योग गर्नुहोस्

दिनभरको थकान, मानिसहरुको हल्लाबाट तनावपूर्ण जीवन साँझमा शरीर पनि अकडिएको महसुस हुन थाल्छ । यस्तो अवस्थामा तपाईं केही बेर हल्का खालको व्यायाम वा कुनै योगहरु गर्न सक्नुहुन्छ ।

जसले गर्दा तनावले दुखेको शरीर हल्का महसुस हुनेछ । साथै स्वासप्रस्वास सम्बन्धी योग गर्नाले टाउकाको तनाव पनि कम हुन्छ । साथै मुहारमा मुस्कान आउनेछ ।

५. मनपर्ने फिल्म हेर्नुहोस्

कतिपय अवस्थामा केही घण्टाका लागि आफ्नो दिमागको तनावलाई हटाएर अर्कोतिर लग्न गाह्रो हुन्छ । यस्तो अवस्थामा तपाईं कुनै फिल्म हेर्नुभयो भने तपाईंको पूरै दिमाग फिल्ममै केन्द्रित हुनेछ र तपाईं पहिलाको तनाव भुल्नुहुनेछ

। तपाईं आफूलाई मन पर्ने हास्य फिल्म वा अन्य कुनै नयाँ फिल्महरु पनि देख्न सक्नुहुन्छ । यस्तो गर्दा तनावबाट छुट्कारा पाइन्छ र मुड फ्रेस हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved