मानिसको सबैभन्दा महंगो सम्पत्ति के हो ?

आचार्य चाणक्यका अनुसार मानिसको सबैभन्दा अनमोल सम्पत्ति हो ज्ञान, जसले एकदमै कठिन परिस्थितिमा समाधानको उपाय निकाल्न सफल हुन्छ ।

नेपालभ्युज

मानिसको सबैभन्दा महंगो सम्पत्ति के हो ?

एजेन्सी । आचार्य चाणक्य मौर्य साम्राज्यका सबैभन्दा बुद्धिमान व्यक्तिमध्ये एक हुन् । चाणक्य नीतिको पालना अहिले पनि धेरै मानिसहरुले गर्दछन् । जो जीवनमा सफल पनि भएका छन् ।

चाणक्य नीतिमा आचार्य चाणक्यले सफल जीवनका लागि संसारको सही धनको बारेमा बताएका छन् । जसलाई प्राप्त गर्नुभयो भने तपाईं ठूलो भन्दा ठूलो समस्याबाट बच्न सक्नुहुन्छ ।

आचार्य चाणक्यका अनुसार मानिसको सबैभन्दा अनमोल सम्पत्ति हो ज्ञान, जसले एकदमै कठिन परिस्थितिमा समाधानको उपाय निकाल्न सफल हुन्छ ।

चाणक्य नीतिका अनुसार ज्ञानी व्यक्तिले सम्पूर्ण देश तथा समाजको मान सम्मान माथि राख्ने काम गर्छ । व्यक्तिको यो सम्पत्तिलाई कसैले पनि खोसेर लग्न सक्दैन ।

बलवान तथा धनवान व्यक्ति पनि बुद्धिमान व्यक्तिको शरणमा नै रहेको हुन्छ । त्यसैले जीवनमा धेरै भन्दा धेरै ज्ञान आर्जन गर्न जरुरी हुन्छ । ज्ञानी व्यक्तिले कहिल्यै पनि आफ्नो समय बर्बाद गर्दैन, कुनै न कुनै राम्रो कार्यमा लगाउँछ ।

कुनै राज्यको राजाको मानसम्मान केवल त्यहि राज्यमा मात्र हुन्छ भने ज्ञानी व्यक्तिको मानसम्मान पूरै संसारमा हुने गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved