मुहारमा चामल पानी लगाउनुका फाइदा

नेपालभ्युज

मुहारमा चामल पानी लगाउनुका फाइदा

एजेन्सी । अनुहारमा प्राकृतिक चमक ल्याउने तथा दागधब्बा सफा गर्नका लागि मानिसहरु विभिन्न घरेलु उपाय अपनाइरहेका हुन्छन् । त्यस्तै एउटा एकदमै प्रभावकारी घरेलु उपाय हो चामल पानी ।

यसमा एन्टी अक्सीडेन्ट तथा मोइस्चराइजिंग गुण हुन्छ । जसले छालालाई भित्रैदेखि सफा गर्ने र मोइस्चराइज गर्ने काम गर्छ । जानौं चामल पानी लगाउनका कस्ता कस्ता फाइदा छन् ।

  • अनुहार चिलाउने, पत्र निस्कने तथा अन्य एलर्जीबाट छुट्कारा पाउनका लागि चामल पानी एकदमै फाइदाजनक छ । किनकि यसले हानिकारक ब्याक्टेरियालाई सफा गर्ने काम गर्छ ।
  • यदि तपाईं अनुहारमा आउने ब्याल्क हेडबाट चिन्तित हुनुहुन्छ भने चामल पानीले यसलाई पूर्ण रुपमा सफा गर्छ ।
  • अनुहारको फोहोरमैला सफा गर्नका लागि पनि तपाईं चामल पानीको प्रयोग गर्न सक्नुहुन्छ ।
  • यदि घामको सम्पर्कमा आउँदा छाला खराब भएको छ भने चामल पानीले त्यसको पनि उपचार गर्न सक्छ ।
  • अनुहारमा आउने चाउरीपन तथा रोम छिद्रलाई कसेर छालालाई टाइट बनाउँछ । यसो भएमा तपाईं जवान देखिनुहुनेछ ।

चामल पानी बनाउने तरिका

यो बनाउनका लागि आवश्यकता अनुसार चामल लिन सक्नुहुन्छ । उदाहरणका लागि एक कप चामलमा ३ कप पानी राखेर उमाल्ने र उक्त पानीलाई छानेर चिसो हुन दिने । तपाईंको चामल पानी तयार भयो ।

यसले अनुहार धुने वा कपासको सहयोगले अनुहारमा लगाएर केहीबेर राख्न पनि सकिन्छ । राति यो पानी लगाएर सुत्यो भने झनै फाइदाजनक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved