नङलाई सुन्दर बनाउन कस्ता भिटामिन चाहिन्छ ? जानौं

नेपालभ्युज

नङलाई सुन्दर बनाउन कस्ता भिटामिन चाहिन्छ ? जानौं

एजेन्सी । हातको सुन्दरताका लागि नङ राम्रो र स्वस्थ हुनु एकदमै आवश्यक छ । जसले खानामा पर्याप्त पोषक तत्वको सेवन गर्दछन् तिनीहरुका नङ पनि बलिया र सुन्दर हुन्छन् ।

नङ सुन्दर तथा स्वस्थ बनाउनका लागि शरीरमा कुन भिटामिन तथा मिनरल्सको आवश्यकता पर्दछ । जान्ने प्रयास गरौं ।

बायोटिनले बनाउँछ बलियो नङ

बायोटिनले छालासँगै नङलाई पनि बलियो बनाउने काम गर्छ । बायोटिनले कोशिका वृद्धि हुन्छन् । बायोटिनयुक्त खाना खानाले नङ भाँचिने समस्या छिटो ठिक हुन्छ । अण्डा, दुध, पनीर, दही तथा काउली, सखरखण्ड जस्ता खानेकुरामा बायोटिन पाइन्छ । यसलाई आफ्नो खानपानमा समावेश गर्दा शरीरमा बायोटिनको मात्रा पुग्छ ।

आइरन

रातो रक्तकोषिकाको वृद्धिका लागि आइरन एकदमै जरुरी हुन्छ । शरीरमा रगतको वृद्धि हुनु भनेकै शरीरका हरेक अंग सही रुपमा सञ्चालन हुनु तथा स्वस्थ हुनु मानिन्छ । त्यसैले नङको विकासका लागि पनि खानपानमा आइरन समावेश गर्नु एकदमै जरुरी हुन्छ ।

भिटामिन सी

कोलेजन निर्माणका लागि भिटामिन सीको आवश्यकता पर्दछ । दाँत, आँखा तथा नङका लागि भिटामिन सी एउटा आवश्यक तत्व हो । भिटामिन सीको कमीले नङ भाँचिने तथा नपलाउने समस्या देखिन्छ ।

त्यसैले नङलाई स्वस्थ रुपमा वृद्धि गराउनका लागि भिटामिन सीको सेवन गर्न आवश्यक छ । यसका लागि तपाईं, कागती, सुन्तला, टमाटर लगायतका फलफूलको सेवन गर्न सक्नुहुन्छ ।

साथै नङको वृद्धिका लागि प्रोटिन, ओमेगा ३ फ्याटी एसिड, भिटामिन बी १२ तथा जींकको पनि आवश्यकता पर्दछ । सन्तुलित आहारको सेवन गर्न थाल्नुभयो भने नङको स्वास्थ्य आफै बलियो हुँदैन जान्छ । साथै नङ सुन्दर पनि देखिनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved