एजेन्सी । तपाईंले ख्याल गर्नुभएकै होला आसपास, छरछिमेक वा साथीभाईमा ईर्ष्या गर्ने व्यक्तिहरुको कमी हुँदैन । अझ प्रगति गर्दै जानुभयो भने त्यस्ता व्यक्तिको वृद्धि हुन थाल्छ ।
यदि तपाईं वास्तु जस्ता कुरामा विश्वास गर्नुहुन्छ भने त्यस्ता नकारात्मक दोष तथा घरमा आइरहेको नकारात्मक ऊर्जालाई हटाउन विभिन्न घरेलु उपाय अपनाउन सक्नुहुन्छ ।
दालचिनीको उपाय
हरेक महिनामा आउने पूर्णिमाको तिथीमा तपाईं घरको प्रवेश द्वार तथा घरभित्र कुना कुनामा एक एक चुट्की दालचिनीको पाउडर छर्किनुहोस् ।
साथै आफ्नो झोला वा गोजीमा दालचिनीको पाउडर राख्न पनि सक्नुहुन्छ । यसले नकारात्मक ऊर्जाबाट बचाउँछ ।
क्रिस्टलको प्रयोग
टर्मालाइन एउटा शक्तिशाली क्रिस्टल हो जसले मानिसको इष्र्या तथा नकारात्मक ऊर्जालाई टाढा भगाउने क्षमता राख्छ ।
यसलाई तपाईं आफ्नो बायाँ हातमा बाला बनाएर लगाउन सक्नुहुन्छ । शरीरको वायाँ तर्फ बाट नै नकारात्मक ऊर्जा प्रवेश गर्ने मान्यता छ यस्तो उक्त क्रिस्टलले रोक्ने काम गर्छ ।
Facebook Comment
Comment