चाँदीका गहनालाई घरमै कसरी चम्काउने ?

प्राय दैनिक जीवनमा प्रयोग नहुने भएकाले पनि हामी चाँदीका सामानलाई दिनहुँ सरसफाइ गर्दैनौं । केही घरेलु उपायबाट पनि चाँदीका सामानलाई चम्काउन सकिन्छ ।

नेपालभ्युज

चाँदीका गहनालाई घरमै कसरी चम्काउने ?

एजेन्सी । पुरानो हुँदै गएपछि चाँदीको चमक पनि घट्दै जान्छ । प्राय दैनिक जीवनमा प्रयोग नहुने भएकाले पनि हामी चाँदीका सामानलाई दिनहुँ सरसफाइ गर्दैनौं ।

केही घरेलु उपायबाट पनि चाँदीका सामानलाई चम्काउन सकिन्छ । ति उपाय बारे जानौं ।

बन्द डब्बामा राख्ने

तपाईंसँग चाँदीका धेरै गहना जस्तै, पायल, चेन, औंठी, बाला लगायत छन् भने तिनलाई अलग अलग टिस्यु पेपरमा लपेटेर हावा नपस्ने भाँडोमा राख्नुहोस् ।

चाँदीको सामानमा कहिल्यै पनि रबरब्याण्ड नलगाउनुहोला किनकि यसले चाँदीको रंगलाई फिक्का बनाइदिन्छ ।

स्यानिटाइजर

यदि तपाईं चाँदीका सामानलाई नयाँ जस्तो चम्काउन चाहनुहुन्छ भने स्यानिटाइजरको प्रयोग गर्न सक्नुहुन्छ । त्यसका लागि एउटा भाँडोमा स्यानिटाइजर राखेर चाँदीका गहना डुबाएर आधा घण्टा राख्नुहोस् ।

त्यसपछि स्क्रब लगाएर घोट्नुहोस् र सफा कपडाले पुछ्नुहोस् ।

बेकिंग सोडा

३ चम्चा बेकिंग सोडामा थोरै पानी मिसाएर गाढा पेस्ट बनाउनुहोस् र यसलाई एउटा ब्रसले गहना सफा गर्नुहोस् । यो उपायले तपाईंको गहना पहिला जस्तै चम्किनेछ ।

मञ्जन

चाँदीलाई सफा गर्नका लागि मञ्जनको प्रयोग गर्ने गरिन्छ । चमक बढाउनका लागि पाउडरमा भएको मञ्जन प्रयोग गर्नु अति उत्तम मानिन्छ ।

टमाटर सस

घरमा भएको टमाटरको ससले पनि चाँदी चम्काउनु सकिन्छ । यसका लागि सस लगाएर आधा घण्टाका लागि राख्ने र कुनै मुलायम कपडाले घोटेर पुछ्ने । अब चाँदीलाई तातो पानीले धुनुहोस् । यस उपायबाट पनि तपाईंले चाँदीमा फेरबदल देख्न सक्नुहुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved