एजेन्सी । अहिलेको विश्वमा योग हाम्रो जीवनको हिस्सा बन्दै गएको छ । यसले धेरै रोगहरुलाई निको पार्ने र शरीर स्वस्थ बनाइरहन मद्दत गर्दछ ।
योगलाई कतिपयले बाहिरी खुला ठाउँमा गर्छन् भने कतिपयले भित्र कोठामै योग गर्न रुचाउँछन् । यी दुबै तरिकामा फाइदाहरु छन् । तपाईं आफै छुट्याउनुहोस् भित्र वा बाहिर कुन तपाईंलाई सहज लाग्छ ।
बाहिर योग गर्नुका फाइदा
– खुला ठाउँमा योग गर्दा तपाईंले शरीरमा पूर्ण रुपमा अक्सीजन लिन पाउनुहुन्छ । जो फोक्सोको लागि फाइदाजनक हुन्छ । तर तपाईंले योग गर्ने वातावरण प्रदुशित हुनु हुँदैन ।
-जब तपाईं खुला आकासको तल योग गर्नुहुन्छ नजिकका फूल बोटविरुवाहरुको वासना आउँछ, चराचुरुंगीको आवाज सुनिन्छ, खुट्टा मुनी घाँस हुन्छ जसले गर्दा तपाईंका सबै अंगहरु तेज हुन्छन् ।
– बाहिर कुनै पार्कमा योग गर्दा तपाईंको शरीर नियन्त्रणमा सुधार हुन्छ । शरीरलाई नियन्त्रण गर्न कोसिस गर्दा माटोमा लडियो भने खासै चोट लाग्दैन जसले गर्दा तपाईं निर्वाद रुपले योग गर्नुहुन्छ ।
– बाहिर योग गर्दा तपाईंको दिमाग पनि धेरै खुल्ने गर्छ ।
– खुला ठाउँमा योग गर्दा तपाईंको तनाव पनि छिटो कम हुन्छ । अध्ययनका अनुसार प्रकृतिमा मानिस छिटो निको हुन्छ । त्यसैले तनावग्रस्त व्यक्तिहरुलाई डाक्टरले पनि खुला तथा प्राकृतिक वातावरणमा घुमफिर गर्ने सल्लाह दिन्छन् ।
– खुला ठाउँमा योग गर्दा तपाईंलाई ताजा हावामा स्वास फेर्ने मौका मिल्छ । जसले तपाईंको शरीरमा धेरै फाइदाहरु दिन्छ ।
-घरबाहिर योग गर्दा सूर्यको किरण तपाईंको शरीरमा पुग्छ जसले गर्दा भिटामिन डी पनि प्राप्त हुन्छ ।
घरभित्र योग गर्नुका फाइदा
– अन्तरमुखी स्वभावका मानिसका लागि घरभित्रै योग गर्ने विकल्प धेरै राम्रो हुन्छ, किनकी यस्ता व्यक्ति सबै मानिसका अगाडि योग गर्न हिच्किचाउँछन् ।
– घरमा योग गर्नका लागि तपाईंलाई कुनै खास समयको आवश्यकता पर्दैन । तपाईं आफ्नो सुविधामा योगका लागि समय निकाल्न सक्नुहुन्छ ।
– बाहिर योग गर्दा कुनैबेला मानिसहरु तपाईंलाई हेरिरहन पनि सक्छन् । जसकारण तपाईंलाई योगका लागि छुट्टै कपडाको आवश्यकता पर्दछ । तर घरमा तपाईं आफूलाई सहज हुने कुनै पनि कपडामा योग गर्न सक्नुहुन्छ ।
– हरेक दिन एउटै समयमा योगका लागि समय निकाल्न नसक्ने व्यक्तिका लागि घरमै आफूले चाहेको समयमा योग गर्नु नै उत्तम हुन्छ ।
Facebook Comment
Comment