चिया र टोस्ट खानुहुन्छ भने हुनुहोस् सावधान

नेपालभ्युज

चिया र टोस्ट खानुहुन्छ भने हुनुहोस् सावधान

एजेन्सी ।

भोक लागेको होस् वा नहोस् चियासँग केही खाने बानी हुन्छ जसमा प्रायः टोस्ट हुने गर्दछ । तर केहीबेरमै भोक मेटाउने टोस्ट खानुका केही बेफाइदा पनि छन् ।

बिहान, दिउँसो होस् वा बेलुकाको चिया पिउँदा साथमा टोस्ट वा रस चोबेर खाने बानी धेरैको हुन्छ । भोक लागेको होस् वा नहोस् चियासँग केही खाने बानी हुन्छ ।

खासगरी टोस्ट र चियाको समायोजन तपाईंको स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । टोस्टमा ग्लुटेन, रिफाइन्ड आटा तथा चिनी समावेश गरिएको हुन्छ ।

जो तपाईंको स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । आउनुहोस जानौं यसका बेफाइदा बारे ।

 मोटोपनको खतरा

टोस्ट खाँदा तपाईंमा खानाप्रतिको लोभ बढ्दै जान्छ, जसले गर्दा मोटोपन बढ्ने सम्भावना हुन्छ । साथै टोस्टमा पाइने चिनी र मैदा पनि तपाईंको मोटोपनको कारण बन्न सक्छ ।

टोस्टमा कुनै पोषक तत्व पाइदैन

टोस्ट खानुका कुनै पनि फाइदा छैनन् । यति मात्र हो यसले तपाईंको भोक मेट्न सक्छ । यसमा कुनै पनि खालको पोषक तत्व पाइँदैन । यो खाँदा शरीरका कुनै भाग सुन्निने पनि हुन सक्छ ।

यसलाई बनाउन मैदाको प्रयोग गरिन्छ जसमा कुनै फाइबर वा पोषक तत्व हुँदैन । यसलाई धेरै समय बचाउनका लागि विभिन्न केमिकल  पनि प्रयोग गरिएको हुन्छ जसले तपाईंको स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ ।

मधुमेह बढ्न सक्छ

टोस्टमा हुने चिनी, मैदा तथा ग्लुटेन आदिको मिश्रणले शरीरमा विभिन्न समस्या ल्याउन सक्छ । मधुमेहका बिरामीले खाँदा थप बढ्न सक्छ । यसले रगतमा चिनीको मात्रा बढाउँछ ।

कब्जीयत हुन सक्छ

नियमित रुपमा टोस्टको सेवन गर्नाले कब्जीयतको समस्या निम्तिन सक्छ । यसको नियमित सेवनले आन्द्रामा विकारहरु जम्मा हुन थाल्छन् । जसले गर्दा कब्जीयत, अपच जस्तो समस्या देखिन्छ ।

यस्तो समस्या बढ्दै गयो भने शरीरको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved