डेढ वर्षपछि पुनः विवेकशील साझामा फर्किइन् रञ्जु दर्शना

नेपालभ्युज

डेढ वर्षपछि पुनः विवेकशील साझामा फर्किइन् रञ्जु दर्शना

काठमाडौं । युवा नेतृ रञ्जु दर्शनाले पुनः विवेकशील साझा पार्टीमा सक्रिय हुने घोषणा गरेकी छन् । विहीबार पार्टी मुख्यालय बखुण्डोलमा पुगेर एक तस्बिर खिचाउँदै उनले पुनः दलीय राजनीति सुरु गरेको घोषणा गरेकी हुन् ।

‘करिब डेढ वर्ष स्वतन्त्र रहेको म, विवेकशील साझा पार्टीबाटै दलीय राजनीति पुनारम्भ गर्दैछु,’ उनले भनिन्, ‘भोलि र पर्सि (२७-२८) गते हुने पार्टीको महाधिवेशनबाट एकीकृत र सशक्त पार्टी निर्माणमा लाग्न म पनि प्रतिबद्ध छु।’

तत्कालीन पार्टी अध्यक्ष रवीन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ नामक दस्तावेज ल्याएपछि विवेकशील धाराका केही नेताहरू पार्टीबाट बाहिरिएका थिए । सोही बेला दर्शनाले राजनीतिबाट बाहिरिएको घोषणा गरेकी थिइन् । यसपटक उनी स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेकी थिइन् ।

त्यतिबेला पार्टीबाट बाहिरिएका मिलन पाण्डे, केशव दाहाल लगायतका नेता पनि विवेकशील साझामा जोडिएका छन् ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन शुक्रबार काठमाडौंमा सुरु हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved