सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा

नेपालभ्युज

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा दिएका छन् । विश्वासको मत प्राप्त गर्न असफल भएपछि उनले प्रदेश प्रमुख देवराज जोशीलाई भेटेर राजीनामा बुझाएका हुन् ।

उनी २७ पुसमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर विश्वासको मत लिने दिन नागरिक उन्मुक्ति पार्टीका सांसद प्रदेश सभामा अनुपस्थित भए ।

नयाँ परिस्थितिमा प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि परामर्श थालेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved