पार्टीको नाम र चुनाव चिह्न फेर्ने तयारीमा माओवादी

केन्द्रीय समितिमा छलफल हुँदै

नेपालभ्युज

पार्टीको नाम र चुनाव चिह्न फेर्ने तयारीमा माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम, चुनाव चिह्न र केही संरचना परिवर्तन गर्ने प्रस्ताव गरेको तथ्य खुलेको छ ।

अध्यक्षको प्रस्तावलाई स्थायी समितिले अनुमोदन समेत गरिसकेकाले केन्द्रीय समितिको आज साँझ बस्ने भर्चुअल बैठकमा त्यसबारे छलफल हुनेछ । प्रचण्डको प्रस्तावमा संरचनागत, विधि र पद्धति, नाम र चुनाव चिह्न लगायतका विषयलाई आमूल परिवर्तन गर्दै सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्ने उल्लेख छ ।

माओवादी केन्द्रसँग पार्टी एकता गर्ने तयारीमा रहेका दलको माग समेत चुनाव चिन्ह् र नाम फेर्नुपर्ने रहेको छ । खासगरी पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले यो बिषय उठाउँदै आएको छ ।

प्रचण्डले विचार, सिद्धान्त र व्यवहार मिल्नेसँग पार्टी एकता गर्ने र तत्काल एकता सम्भव नभए वाममन्थी प्रगतिशील शक्तिसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने प्रस्ताव समेत अगाडि सारेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved