सधैं जवान रहन गर्नुहोस् चक्रासन, बलिउड अभिनेत्रीले पनि गर्छिन् यो आसन

नेपालभ्युज

सधैं जवान रहन गर्नुहोस् चक्रासन, बलिउड अभिनेत्रीले पनि गर्छिन् यो आसन

एजेन्सी । हालै मात्र बलिउड अभिनेत्री अनुश्का शर्माले इन्स्टाग्राममा साझा गरेका व्यायाम तथा योगका तस्वीरमा चक्रासन गरेको तस्वीर पनि छ । जीमसँगै उनले योगलाई पनि त्यत्तिकै महत्व दिएको देखिन्छ ।

यहाँ जानौं चक्रासन गर्दाका फाइदाका बारेमा-

१. तनाव कम गर्न सहयोगी हुन्छ ।

२. शरीरको बोसो कम गर्न मद्दत गर्छ ।

३. शरीरको मांसपेशीलाई बलियो बनाउने काम गर्छ ।

४. चक्रासन गर्दा भोक बढ्छ साथै पेट तथा आन्द्राहरुलाई सक्रिय बनाउँछ ।

५. कम्मरको पीडा, श्वास रोग, टाउको दुख्ने, आँखाका विकारहरु, सर्वाइकल तथा स्पोंडोलाईटिसमा यो आसन विशेष लाभदायक छ ।

६. तपाईंको ढाडको हड्डीलाई लचिलो बनाएर बुढोपन आउन दिँदैन ।

७. शरीरमा स्फूर्ति, शक्ति तथा तेजको वृद्धि गर्दछ ।

८. तपाईंको मेटाबोलिज्म बढ्छ साथै महिलाहरुको गर्भाशयको विकारलाई हटाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved