राष्ट्रपति भण्डारीले माघ २८ गते रात्रिभोज दिँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदावधि सकिनुभन्दा एक महिनाअघि सांसदहरूका लागि रात्रिभोज आयोजना गरेकी छिन्। राष्ट्रपति भण्डारीले माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा रात्रिभोजको आयोजना गर्ने भएकी हुन्।

नेपालभ्युज

राष्ट्रपति भण्डारीले माघ २८ गते रात्रिभोज दिँदै
फाइल तस्वीर ।

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदावधि सकिनुभन्दा एक महिनाअघि सांसदहरूका लागि रात्रिभोज आयोजना गरेकी छिन्। राष्ट्रपति भण्डारीले माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा रात्रिभोजको आयोजना गर्ने भएकी हुन्।

निर्वाचन आयोगले २८ फागुनमा राष्ट्रपति निर्वाचनको घोषणा गरिसकेको छ। जसअनुसार मुलुकले राष्ट्रपतिमा तेस्रो नयाँ अनुहार पाउनेछ। नेपालको संविधानले दुई पटकभन्दा राष्ट्रपति हुन नसक्ने जनाएपछि यसलाई बिदाइ भोजका रूपमा हेरिएको छ।

जनुअघि राष्ट्रपति भण्डारीले संघीय संसद्का सांसदहरूलाई भण्डारीले भोजका लागि मोबाइल म्यासेजमार्फत निम्तो दिएकी छिन्। राष्ट्रपतिले आयोजना गर्ने उक्त रात्रिभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका उच्च अधिकारी कूटनीतिक नियोगका प्रमुखहरू उपस्थित हुनेछन्।

आगामी २७ गते संघीय संसद् प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई संयुक्त सम्बोधन गरेको भोलिपल्ट राष्ट्रपति भण्डारीले रात्रिभोजको आयोजना गर्न लागेकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved