यी ३ चीज खानुस् कपाल झर्न रोकिनेछ

नेपालभ्युज

यी ३ चीज खानुस् कपाल झर्न रोकिनेछ

एजेन्सी । चायाँ तथा कपाल झर्ने समस्याबाट अहिले जो कोही जुधिरहेको छ । तपाईंले यसका लागि तिल, आलस र नरिवललाई आफ्नो खानपानमा सामेल गर्न सक्नुहुन्छ ।

यी चीजहरुमा पाइने पोषक तत्वले तपाईंको कपाल झर्न रोक्नेछ र कपाल बलियो पनि हुनेछ ।

विभिन्न कपालमा लगाउने उपाय त तपाईंले अपनाउने गर्नुहुन्छ । तर त्यो भन्दा पनि सजिलो यी खानेकुराहरु तपाईंले आफ्नो खानपानमा मिसाएर खान सक्नुहुन्छ जसलाई लगाइरहने झन्झट पनि हुँदैन ।

१. सुकेको नरिवल

नरिवलमा भिटामिन सी, ई, बी जस्ता तत्वहरु पाइन्छन् साथै सेलेनियम, आइरन, क्याल्सियम, फाइबर आदिको पनि राम्रो स्रोत हो ।

सुकेको नरिवलमा यी सबै गुण पाइन्छ जसले तपाईंको टाउकोमा भएको चाँया हटाउँछ जसले गर्दा कपाल झर्ने समस्या पनि कम हुँदै जान्छ ।

२. तिल

तिल एउटा सुपरफूड हो जसमा आमेगा फ्याटी एसिड पाइन्छ । तिलले तपाईंको कपाललाई जरै देखि बलियो बनाउँछ । तिलमा पाइने पोषक तत्वले कपाल झर्न रोक्छ । यसले कपाललाई लामो बनाउन पनि मद्दत गर्छ ।

३. आलस

आलसमा पनि प्रोटिन, भिटामिन, ओमेगा ३ फ्याटी एसिड जस्ता गुण हुन्छन् । यसमा पाइने पोषक तत्व कपालका लागि एकदमै फाइदाजनक हुन्छन् ।

यस बीजलाई आफ्नो खानपानमा समावेश गर्नुभयो भने कपालसम्बन्धी समस्याबाट छुट्कारा पाइन्छ । यो खासगरी कपाल झर्ने समस्याका लागि एकदमै फाइदाजनक छ । यसले चाँया हटाएर कपाललाई चम्किलो पनि बनाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved