एजेन्सी । भ्यालेन्टाइन डेको शुरुवात गुलाफ यानिकी रोज डे बाट हुने गर्दछ । यस दिन मानिसहरु आफ्नो पार्टनरलाई गुलाफको फूल दिएर प्रेम प्रकट गर्ने गर्दछन् । जोडीहरुलाई पूरै वर्ष भ्यालेन्टाइन डे को पर्खाइ हुन्छ ।
भ्यालेन्टाइन सप्लाह फेबु्रअरी ७ मा शुरु भएर १४ गतेसम्म चल्छ । ७ फेब्रुअरीलाई हरेक वर्ष रोड जे को रुपमा मनाइन्छ । ‘रोड डे’ आउन भन्दा अघिका दिनदेखि नै बजारमा राता, पहेँला, सेता तथा गुलाबी रंगका गुलाफहरु पाइन थाल्छन् । आज हामी तपाईंलाई बताउनेछौं आखिर ‘रोज डे’ किन मनाइन्छ र यसका पछाडिको कथा के छ भनेर ।
रोज डेको इतिहास
गुलाफको फूललाई आफ्नो मनको भावना प्रकट गर्ने प्रतिको रुपमा लिइन्छ । यस्तो मान्यता छ कि, महारानी भिक्टोरियाको समयमा मानिसहरुले आफ्नो भावना प्रकट गर्नका लागि गुलाफको फूलको आदानप्रदान गर्ने परम्पराको शुरुआत गरेका थिए । यस्तो पनि मान्यता छ भिक्टोरियन र रोमनहरुले आफ्नो प्रेम प्रकट गुलाफको फूलले नै गर्दथे ।
अर्को पनि मान्यता छ, मुगल बेगम नुरजहाँलाई रातो गुलाफ एकदमै मन पर्दथ्यो । यस्तो पनि भनाई छ, नुरजहाँलाई खुशी बनाउन उनका लोग्नेले दिनहुँ टनकै हिसाबले ताजा गुलाफका फूल उनको महलमा पठाउँथे ।
गुलाफको पनि रंगअनुसार फरक महत्व हुन्छ । गुलाफको फूल दिँदा यो पनि थाहा पाउन जरुरी छ कि, त्यसको अर्थ के हो । जानौं विभिन्न रंगका गुलाफको महत्वका बारेमा ।
रातो गुलाफ
रातो गुलाफ पे्रम, आकर्षण र भावनासँग जोडिएको छ । रातो गुलाफ दिएर तपाईं आफ्नो प्रेमी वा प्रेमिका प्रेम गर्नुहुन्छ भनेर बताएको मानिन्छ ।
पहेंलो गुलाफ
पहेंलो गुलाफ साथीको प्रतिक मानिन्छ । यसले बताउँछ तपाई आफ्नो साथीलाई धेरै प्रेम गर्नुहुन्छ । जसले यो बताउँछ कि तपाईंले उसलाई साथीको रुपमा माया गर्नुहुन्छ ।
सेतो गुलाफ
सेतो गुलाफ शान्तिको प्रतिक मानिन्छ । सेतो गुलाफ यस्तो व्यक्तिलाई दिइन्छ जो सँग तपाईंको दुश्मनी भएको छ र अब तपाईं सबै कुरा बिर्सेर साथीको रुपमा सम्बन्धलाई अगाडि बढाउन चाहनुहुन्छ ।
गुलाबी गुलाफ
भ्यालेन्टाइन डे प्रेमिल जोडीका लागि मात्र होइन । यो तपाईं आफ्नो आमाबुवासँग पनि मनाउन सक्नुहुन्छ । यस्तोमा तपाईं आफ्नो आमाबुवालाई गुलाबी गुलाफ दिन सक्नुहुन्छ । यसले कसैलाई धन्यवाद दिएको प्रतिक मानिन्छ ।
सुन्तला रंगको गुलाफ
गुलाफको यो रंग आवेग वा भनौं प्यासनको प्रतिक मानिन्छ । यसले उत्साह र इच्छालाई दर्शाउँछ । जोडीहरुले आफ्नो प्रेममा उत्साह तथा जोश ल्याउनका लागि यो फूलको प्रयोग गर्छन् ।
Facebook Comment
Comment