पुड्कोपन हटाउन सर्वागासन

नेपालभ्युज

पुड्कोपन हटाउन सर्वागासन

एजेन्सी । योग शारिरीक तथा मानसिक स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ । अहिले त मानिसले जीम भन्दा ज्यादा योगलाई महत्व दिन थालिसकेका छन् ।

यसलाई सही तरिकाले गर्ने विधि र फाइदाहरुका बारेमा जान्न जरुरी हुन्छ । त्यस्तै एउटा योगासन हो सर्वागासन । यसलाई गर्ने विधि र फाइदाका बारेमा जान्ने प्रयास गरौं ।

विधि :
१. उत्तानो परेर सीधा सुत्नुहोस् । खुट्टा एक आपसमा मिलाएर, हातलाई दुवैतर्फ शरीरमा जोडेर हत्केलालाई भुइँतर्फ पारेर राख्नुहोस् ।

२. सास तानेर खुट्टालाई विस्तारै पहिले ३० डिग्री, फेरि ६० डिग्री र अन्तमा ९० डिग्रीसम्म उठाउनुहोस् । खुट्टा उठाउने क्रममा हातको सहायता लिन पनि सक्नुहुन्छ । ९० डिग्रीमा सीधा नभएमा १२० डिग्रीमा खुट्टा लगेर वा हातलाई उचालेर कम्मरको पछाडि लगाउनुहोस् ।

कुहिनाहरु भुइँमा टेकिएका हुन्छन् र खुट्टालाई मिलाएर सीधा राख्नुहोस् । पैतालाहरु माथितिर मिलाएर सीधा राख्नुहोस् । पैंताला माथितिर तन्काउनुहोस् र आँखा बन्द गर्नुहोस् वा खुट्टाको बुढी औंलामाथि दृष्टि केन्द्रित गर्नुहोस् । २ मिनेटबाट सुरु गरेर विस्तारै यो आसन आधा घण्टासम्म गर्न सकिन्छ ।

३. तल झर्ने क्रममा खुट्टालाई सीधा राख्दै पछाडिपट्टि केही झुकाउनुहोस् । दुवै हातलाई कम्मरबाट हटाएर भुँइलाई दबाउँदै जुन क्रममा उठेका थिए, त्यही क्रमले विस्तारै पहिले पिठ्युँ र त्यसपछि खुट्टा भुइँमा सीधा पारेर राख्नुहोस् ।

जति समयसम्म सर्वागासन गरिन्छ लगभग त्यति नै समयसम्म शवासनमा विश्राम गर्नुहोस् । यस आसनको पूरक आसन भनेको मत्स्यासन हो । त्यसैले विश्राम गर्नुभन्दा पहिले मत्स्यासन गर्नाले बढी लाभ पाउन सकिन्छ ।

फाइदा

१. थाइराइडलाई सक्रिय तथा स्वस्थ बनाउँछ । त्यसैले यसबाट मोटोपन, दुर्बलता, पुड्कोपन तथा बढी थकान जस्ता समस्या हट्दछन् । एड्रिनल, शुक्राणु ग्रन्थी तथा डिम्ब ग्रन्थीलाई सबल बनाउँछ ।

२. यसबाट पाइने सबै लाभ शीर्षासनकै जस्ता छन् । तर आसनमा शीर्षासन गर्न नहुने मानिसले पनि यो आसन गर्नसक्ने विशेषता छ । दमका २–३ वटा अवस्थाको लागि पनि यो आसन उपयोगी भएको पाइएको छ । किनकि यस आसनमा काँध स्थिर हुन्छन् ।

३. यस आसनबाट थाइराइड तथा पिट्युटरी ग्रन्थी मुख्य रुपमा क्रियाशील हुने हुनाले पुड्कोपना हटाउन विशेष उपयोगी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved