उन्मुक्तिका सांसद चौधरी कैलाली प्रहरीको नियन्त्रणमा, आज अदालतमा पेस गरिँदै

बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई काठमाडौंहुँदै धनगढी लगिएको छ। सुरुमा सडक मार्ग हुँदै बाँकेबाट धनगढी ल्याउने तयारी गरिएको भए पनि सुरक्षा चुनौतीभन्दै जहाजबाट धनगढी लगियो।

नेपालभ्युज

उन्मुक्तिका सांसद चौधरी कैलाली प्रहरीको नियन्त्रणमा, आज अदालतमा पेस गरिँदै

काठमाडौं। बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई काठमाडौंहुँदै धनगढी लगिएको छ। सुरुमा सडक मार्ग हुँदै बाँकेबाट धनगढी ल्याउने तयारी गरिएको भए पनि सुरक्षा चुनौतीभन्दै जहाजबाट धनगढी लगियो।

बिहीबार राति बाँके–धनगढी विमान नहुँदा चौधरीलाई काठमाडौंं लगिएको थियो। उनलाई काठमाडौंबाट बिहीबार साँझ श्री एयरलाइन्सको विमानमार्फत धनगढी ल्याइएको हो।

धनगढी ल्याइएका चौधरीलाई प्रहरीले बिहीबार राति जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा राखेको छ। चौधरीलाई आज जिल्ला अदालतमा पेस गर्ने तयारी भइरहेको कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

३ भदौ २०६६ मा लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनालाई ९ वैशाख २०७० मा ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउनू भन्दै फैसला सुनाएको थियो।


Comment

2 thoughts on “उन्मुक्तिका सांसद चौधरी कैलाली प्रहरीको नियन्त्रणमा, आज अदालतमा पेस गरिँदै

  1. जनमतको अर्थ कानुनभन्दा माथि हुनु होइन ।नेपालको राज्यव्यवस्था संवैधानिक अर्थात संविधानको सर्वोच्चता भएको राज्यव्यवस्था हो । कि संविधान परिवर्तन गरेर मतदाताको सर्वोच्चता हुने बनाउनु पय्रो र बलियाको शासन स्थापित गर्नुपर्‍यो।होइन भने खुरुखुरु कानुन बमोजिम सहन बुझाउन तत्पर हुनुपय्रो।जङ्गली राज एक्काइसौं शताब्दीमा चल्दैन ।भर्खर दाम्लो फुकेर बुर्कुसी मारेको बहर जस्ता राजनीतिक दलले नेपाल विश्वव्यापी अन्तर्राष्ट्रिय कानुनको पक्षधर राष्ट्र होइन भन्ने कुरा जति चाँडो बुझ्न सक्यो त्यति वेश।

  2. जनमतको अर्थ कानुनभन्दा माथि हुनु होइन ।नेपालको राज्यव्यवस्था संवैधानिक अर्थात संविधानको सर्वोच्चता भएको राज्यव्यवस्था हो । कि संविधान परिवर्तन गरेर मतदाताको सर्वोच्चता हुने बनाउनु पय्रो र बलियाको शासन स्थापित गर्नुपर्‍यो।होइन भने खुरुखुरु कानुन बमोजिम सहन बुझाउन तत्पर हुनुपय्रो।जङ्गली राज एक्काइसौं शताब्दीमा चल्दैन ।भर्खर दाम्लो फुकालेर बुर्कुसी मारेको बहर जस्ता राजनीतिक दलले नेपाल विश्वव्यापी अन्तर्राष्ट्रिय कानुनको पक्षधर राष्ट्र हो भन्ने कुरा जति चाँडो बुझ्न सक्यो त्यति वेश।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved