खाएपछि थालमै हात धुनुहुन्छ भने आजै छाड्नुहोस् यस्तो बानी

नेपालभ्युज

खाएपछि थालमै हात धुनुहुन्छ भने आजै छाड्नुहोस् यस्तो बानी

एजेन्सी । कतिपय मानिसहरु खाएपछि त्यही थालमा हात धुने गर्छन्, जो एकदमै गलत हो । धार्मिक मान्यता अनुसार खानाको थालमा हात धुनु एकदमै अशुभ मानिन्छ ।

थालमा हात धुँदा त्यसमा बाँकी रहेको खानाको अपमान पनि हुने मान्यता छ ।

धर्मशास्त्रअनुसार खानाको थालमा हात धुँदा माता लक्ष्मी र अन्नपूर्णा माता रिसाउँछन् । जसका कारण घरमा गरिबी आउँछ । शास्त्रमा पनि यज्ञमा चढाइएका सामग्रीलाई देवताहरुले भोजनको रुपमा ग्रहण गर्छन् भन्ने मान्यता छ ।

त्यसैले खानाको ठूलो महत्व हुन्छ । यसबाहेक धेरै पुराणमा भोजनको अपमान गर्नु पाप हो भनिएको छ ।

खाएको थालीमा हात धुँदा त्यसमा रहेको थोरै पनि खानाको अनादर हुन्छ । भोजन गर्नुअघि भगवानको ध्यान गर्न शास्त्रमा भनिएको छ । खाना खाँदा क्रोध, कुराकानी वा अनौठो आवाज पनि निकाल्नु हुँदैन भनिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved