रास्वपाले बोलायो बैठक, प्रवक्ता भन्छन्- सरकारबाट बाहिरिनेबारे निर्णय हुनसक्छ

नेपालभ्युज

रास्वपाले बोलायो बैठक, प्रवक्ता भन्छन्- सरकारबाट बाहिरिनेबारे निर्णय हुनसक्छ

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले भने, ‘बैठक आजै साँझसम्ममा बस्छ ।’

रास्वपाले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २४ घण्टाभित्र गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । तर, अल्टिमेटम दिएको ७२ घण्टा बितिसक्दा पनि उसले ठोसरूपमा केही निर्णय गरेको छैन । यसैबीच रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

नागरिकता विवाद सम्बन्धमा परेको मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्च अदालले गत माघ १३ गते पार्टी सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेसँगै रिक्त रहेको गृहमा पुन: उनै नै फर्किने जोड गरिरहेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले भने पुन: रविलाई गृह फर्काउनु सर्वोच्च अदालतको मानहानि गर्नु भएको बताएका छन् ।

यसपछि कसरी अगाडि बढ्ने भन्नेबारे छलफल र निर्णय गर्न रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको प्रवक्ता ढकाल बताउँछन् । ‘बैठकको एजेन्डामा मूलत: सरकार नै हो,’ उनले भने, ‘यथास्थितिबाट कसरी अगाडि जाने भन्नेबारे छलफल हुन्छ र आवश्यक निर्णय लिइन्छ ।’

प्रवक्ता ढकालकाअनुसार आजको बैठकमा सरकारबाट बाहिरिनेबारे छलफल हुनेछ । तपाईंहरूले सरकारबाट बाहिरिने चेतावनी दिनुभएको थियो, यत्तिका दिन बित्दासमेत किन थप कदम चाल्नुभएन ? भन्ने नेपालभ्यूजको जिज्ञासामा प्रवक्ता ढकाल भन्छन्, ‘आजको बैठकमा बाहिरिनेबारे निष्कर्ष निक्लन सक्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved