यूएसएआईडीकी प्रमुख सामन्था पावर नेपाल आउँदै

नेपालभ्युज

यूएसएआईडीकी प्रमुख सामन्था पावर नेपाल आउँदै

काठमाडौं। यूएसएआईडीकी प्रमुख सामन्था पावरको दोस्रो उच्चस्तरीय भ्रमण हुने भएको छ । अमेरिकी सरकारको मन्त्रीसरह मानिने अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख पावर नेपाल आउने तय भएको विज्ञप्तिमार्फत जनाइएको हो ।

नियोगले बुधबार जारी गरेको विज्ञप्तिअनुसार पावर यसै साता नेपाल आउने तय भएको हो ।

नेपालमा नयाँ सरकार बनेसँगै  अमेरिकाबाट मन्त्रीतहको भ्रमण २१ वर्षपछि हुन लागेको हो । सन् २००२ मा तत्कालीन बुस प्रशासनका विदेशमन्त्री कोलिन पावेलले नेपाल भ्रमण गरेका थिए । त्यसबेला शेरबहादुर देउवा प्रधानमन्त्री थिए ।

पावल राष्ट्रिय सुरक्षा परिषदकी सदस्य पनि हुन् । यसै साता मात्र राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरेर उच्चस्तरीय राजनीतिक भेटघाट गरेकी थिइन् ।

पावलले भ्रमणका क्रममा सबै पक्षहरूसँग भेटघाट र छलफल गर्ने यूसएआईडीले जनाएको छ । पावर २ वर्षदेखि यूएसएआईडीको प्रमुख छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved