नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले दिए राजीनामा

नेपालभ्युज

नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले दिए राजीनामा

जनकपुरधाम । मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पदबाट राजीनामा दिएका छन् ।

प्रदेशको समग्र विकासको योजना बनाउने उद्देश्य सहित गठित आयोगका उपाध्यक्ष झाले पदबाट राजीनामा दिएका हुन् ।

२०७६ भदौ २२ गते उपाध्यक्षमा नियुक्त भएका झा आफूले चुनाव पश्चात् नयाँ सरकार गठन भएसँगै नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।

यसअघि रहेका नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झालाई हटाएर डा. भोगेन्द्र झालाई ल्याइएको थियो ।

डा. झा त्रिभुवन विश्वविद्यालय अन्तर्गत अर्थशास्त्रको प्राध्यापकबाट केही वर्षअघि अवकाश भएका थिए ।

प्रदेशको सन्तुलित र समष्टिगत विकासका लागि आवश्यक नीति, रणनीतिक विषयक्षेत्रका दीर्घकालीन, मध्यमकालीन र वार्षिक विकास योजना बनाउने तथा प्रदेशको आवश्यक नीति निर्माण कार्यमा प्रदेश सरकारलाई सहयोग पुर्‍याउने मुख्य जिम्मेवारी सहित मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश नीति आयोगको गठन हुने व्यवस्था छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved