क्यानको बैठक बस्दै, सन्दीपको निलम्बन फुकुवा होला त ?

नेपालभ्युज

क्यानको बैठक बस्दै, सन्दीपको निलम्बन फुकुवा होला त ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज मंगलबार बस्दै छ । पोखरामा बस्ने बैठकमा नेपाल टी–२० लिग विवाद र सन्दीप लामिछानेको निलम्बन फुकुवा लगायतका विषयमा छलफलन हुनेछ ।

बलात्कारको आरोप लागेपछि निलम्बनमा परेका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाका बारेमा निर्णय हुनेछ ।

यस्तै, नेपाल टी २० लिग प्रतियोगितामा आर्थिक कारोबार, स्पट फिक्सिङ्बारे सीआईबीले दिएको जानकारी र राखेपबाट गठन गरिएको छानबिन कार्यदलको रिपोर्टका आधारमा प्राप्त निर्देशनका विषयमा छलफल हुने बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved