धेरै ठाउँको मौसम बदली, केही ठाउँमा मात्रै हल्का वर्षाको सम्भावना

नेपालभ्युज

धेरै ठाउँको मौसम बदली, केही ठाउँमा मात्रै हल्का वर्षाको सम्भावना

काठमाडौं। अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । आकासमा बादल लाग्दा राम्ररी घाम लागेको छैन् ।

आज पनि हिजोको जस्तै पारिलो घाम लाग्ने सम्भावना नभएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार देशभरकै मौसम आज आंशिकदेखि सामान्य बदली हुनेछ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अन्य प्रदेशमा भने बादल लागे पनि पानी पर्ने सम्भावना छैन ।

तत्कालका लागि प्रदेश १, बाग्मती, गण्डकी र मधेस प्रदेशमा पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताइन् ।

मौसमविद् मानन्धरका अनुसार यो हिउँदमा अब हल्का हिमपातको सम्भावना रहे पनि जमिन भिज्ने गरी पानी पर्ने सम्भावना छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved