पिसाब रोक्दा हुने खतरा

नेपालभ्युज

पिसाब रोक्दा हुने खतरा

एजेन्सी । कहिले कहिं हामी काम फत्ते गर्ने ध्याउन्नमा पिसाब फेर्न भुल्छौ । कहिले व्यस्तताको कारण त कहिले अल्छीले पिसाब रोकेर बसिन्छ । तर, यो बानी अन्ततः हाम्रो लागि एकदमै हानिकारक साबित हुन्छ ।

तत्कालै यसको असर नदेखिने भएकाले हामी पिसाब रोकेर बस्छौ, तर यसले दीर्घकालिन रुपमा भयावह रोग निम्त्याउँछ ।

मृगौलामा पत्थरी

पिसाबमा यूरिया र अमिनो एसिड जस्ता टक्सिन तत्व हुन्छ । यदि हामी लामो समयसम्म पिसाब रोक्छौ भने उक्त टक्सिन मृगौलामा पुग्छ र पत्थरीको समस्या पैदा हुन्छ ।

मुत्रनलीमा संक्रमण

लामो समयसम्म पिसाब रोकेर बस्दा ब्लाडरमा व्याक्टोरिया जम्मा हुन पुग्छ । यही ब्याक्टेरियाको कारण मुत्रनलीमा संक्रमण नित्याउँछ ।

मुत्रथैली सुन्निनु

पिसाब रोकेर राख्नाले मुत्रथैलीमा त्यसले असर गर्छ । मुत्रथैली सुनिन्छ । यसले गर्दा पिसाब फेर्दा दुख्ने समस्या हुन्छ ।

मृगौलामा गम्भीर असर

पिसाब रोक्दा त्यसको दबाव मृगौलामा पर्छ । यसैले गर्दा मृगौलाको रोग लाग्न सक्छ ।

पिसाबको रंग बदलिने

लामो समय पिसाब रोक्दा पिसाबको रंग गाढा पहेंलो र दुर्घन्धित हुन्छ । ब्याक्टेरियाको कारण यस्तो भएको हो ।

मांशपेशी कमजोर हुन्छ

पिसाब रोक्नाले मुत्रथैली फुलिन्छ । यसले गर्दा मुत्रथैलीको छाला कमजोर हुन्छ । साथै दुखाई पनि सुरु हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved