सीतापाइला दुर्घटना : मृतकको संख्या २ पुग्यो

नेपालभ्युज

सीतापाइला दुर्घटना : मृतकको संख्या २ पुग्यो

काठमाडौं । काठमाडौँ महानगरपालिका–१३ सीतापाइलास्थित सडकमा सोमबार भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका अर्का एकको पनि मृत्यु भएको छ ।

योसँगै उक्त दुर्घटनामा मृत्यु हुने दुई पुगेका छन् । अन्य तीनजना घाइते भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।

आज बिहान बा२ख ८३६८ नंको बस र ना१ज २४२१ नंको सुमो गाडी एकापसमा ठक्कर खाँदा बसमा सवार रसुवा गोसाइँकुण्ड गाउँपालिका–६ घर भई हाल काठमाडौँको पुतलीसडक बस्ने ५२ वर्षीया यायाल्म घलेको मृत्यु भएको थियो ।

पछि उपचारका क्रममा बसका सहचालकको मृत्यु भएको प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक अनिलकुमार घिमिरेले जानकारी दिए । साथै दुर्घटनामा बसमा सवार तीनजना घाइते भएका छन् । सुमोका चालकलाई नियन्त्रणमा लिइएको र हाल फरार बस चालकको खोजी जारी रहेको घिमिरेले जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved