काठमाडौं। यू–२० साफ महिला फुटबल खेल्ने नेपाली टोली सार्वजनिक भएको छ । सोमबार प्रीति राईको कप्तानीमा २३ सदस्यीय नेपाली टोली सार्वजनिक गरिएको हो ।
टोलीमा यमप्रसाद गुरुङ मुख्य प्रशिक्षक, सन्देश कुमार श्रेष्ठ सहायक प्रशिक्षक र श्री प्रकाश वैद्य गोलकिपिङ प्रशिक्षक रहेका छन्। माघ २० गते नेपालले पहिलो खेल बङ्गलादेशसँग खेल्नेछ । दोस्रो खेलमा भुटानसँग माघ २२ गते प्रतिस्पर्धा गर्नेछ।
२४ गते नेपाल र भारत आमने सामने हुनेछन्। माघ २० देखि फागुन १ सम्म हुने प्रतियोगिता बङ्गलादेशमा सञ्चालन हुनेछ।
नेपाली टोलीः
गोलकिपरः कविता विक, सावित्री किशन, लिला जोशी
डिफेन्डरः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या यस्मलाई मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डरः तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही
फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द