यस्ता सामानबाट बच्चालाई टाढै राख्नुहोस्

नेपालभ्युज

यस्ता सामानबाट बच्चालाई टाढै राख्नुहोस्

एजेन्सी । अभिभावकहरू आफ्नो कोठामा बच्चालाई मन पर्ने सामग्रीहरू राखिदिन चाहन्छन् । तर, कस्ता सामान राख्ने ? यस विषयमा सजग हुन जरुरी छ । कतिपय अवस्थामा कोठामा राखिएका सामग्री बच्चाका लागि खतरनाक साबित पनि हुन सक्छन् ।

धारिला सामग्री

कैँची, चक्कुलगायत धारिला सामग्रीलाई बच्चाबाट टाढै राख्नुपर्छ । यसले बच्चालाई नै नोक्सानी पुर्‍याउन सक्छ ।

औषधि

अभिभावकले बच्चानजिक कुनै पनि औषधि राख्नुहुँदैन । बच्चाले खेल्दै गर्दा आफ्नो मुखमा औषधि हाल्न सक्छ, जसले उनीहरूको स्वास्थ्यमा गलत असर पर्छ ।

ह्यांगिङ डेकोरेसन आइटम

लालटिन, फोटो फ्रेम जस्ता सजावटका वस्तु कोठामा झुन्ड्याउनु हुँदैन । किनकि, यस्ता वस्तु बच्चामाथि खस्न सक्ने र उनीहरूलाई चोट लाग्ने खतरा हुन्छ । त्यसैले यस्ता वस्तुलाई टाढै राख्नुपर्छ ।

विद्युतीय सामग्री

साना बच्चाहरू चकचके हुन्छन् । त्यसैले विद्युतीय तार, फोन, स्विच बोर्डलगायतलाई उनीहरूनजिक राख्नुहुँदैन । तपाईंको कोठाको बत्तीको स्विचबाट पनि बच्चालाई टाढै राख्नुपर्छ ।

काँचको सामान

काँचको सामानलाई बच्चाबाट टाढै राख्नुपर्छ । टेबल, फोटोफ्रेम, गिलास लगायत सामग्री पनि उनीहरूबाट टाढै राख्नुपर्छ । बच्चाले खेल्दाखेल्दै यी कुराहरू फुटाउन सक्छन् र चोट लाग्न सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved