चाणक्य नीतिले कोसँग खेलवाड नगर्नु भन्छ ?

नेपालभ्युज

चाणक्य नीतिले कोसँग खेलवाड नगर्नु भन्छ ?

एजेन्सी । आचार्य चाणक्यलाई उत्कृष्ट विद्वान मानिन्छ । यनलाई धर्म, राजनीति, समाजशास्त्र, राजनीतिशास्त्र आदि सबै विषयमा गहिरो ज्ञान रहेको मानिन्छ ।

चाणक्यले धेरै शास्त्र पनि रचेका थिए जुन अझै पनि मानिसका लागि उपयोगी छन् । उनले आफ्नो नीतिमा धेरै कुरा लेखेका छन् । उनले हरेक नीतिले मानिसलाई जीवनमा लक्ष्य हासिल गर्न प्रेरित गर्ने बताउँछन् ।

यी कुरामा ध्यान दिने हो भने मानिसलाई धेरै प्रकारका समस्याबाट बचाउन सकिने उनको तर्क छ ।

चाणक्यले मित्र र शत्रुको परीक्षा गर्ने धेरै नीतिबारे पनि बताएका छन् । चाणक्यका अनुसार जीवनमा तीन कुरासँग खेलवाड गर्नु हुँदैन ।

जानौं चाणक्यका अनुसार कुन तीन चिजसँग खेलवाड गर्नु हुँदैन :

प्रशासन

आचार्य चाणक्यका अनुसार कुनै पनि व्यक्तिले प्रशासनसँग प्रत्यक्ष लड्नु हुँदैन । यसले तपाईंको जीवनलाई पनि खतरामा पार्न सक्छ ।

आफ्नो बलियो स्थिति नभएसम्म वरिष्ठ अधिकारीसँग दुश्मनी नगर्नुहोस् । उनीहरुसँगको शत्रुताले तपाईलाई हानी पुर्‍याउन सक्छ ।

आफ्नो स्वास्थ्य

आचार्य चाणक्य भन्छन्, मानिसको स्वास्थ्य नै उसको सबैभन्दा ठूलो धन हो । स्वास्थ्यसँग खेलवाड गर्नाले मृत्युको मुखमा धकेल्छ । यदी कुनै व्यक्तिले पैसामा लागेर आफूललाई ध्यान दिँदैन भने उसलाई न धन मिल्छ न त स्वास्थ्य नै ।

बलियो मान्छे

आचार्य चाणक्य भन्छन् कि बलियो व्यक्तिले आफूलाई सावित गर्न कसैलाई पनि हानी गर्न सक्छ । त्यसैले त्यस्तो व्यक्तिसँग कहिल्यै शत्रुता लिनु हुँदैन । चाहे उ शरीरमा बलियो होस् वा अन्य कुरामा ।

यद्यपी अन्यायकाविरुद्ध लड्न भने आवस्यक रहेको चाणक्य बताउँछन् । तर त्यसका लागि पहिले आफ्नो अवस्था मजवुत बनाउनु जरुरी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved