दर्ता भएका क्रसर उद्योग सर्तसहित खोल्न दिने सरकारको निर्णय

नेपालभ्युज

दर्ता भएका क्रसर उद्योग सर्तसहित खोल्न दिने सरकारको निर्णय

काठमाडौं । सरकारले केही सर्तसहित क्रसर उद्योग संचालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले कर नतिरी सञ्चालनमा रहेका क्रसर उद्योगलाई असार मसान्तसम्म तिर्ने सर्तमा खुला गर्ने निर्णय गरेको हो ।

बैठकले दर्ता नभएका क्रसर उद्योग भने बन्द गर्ने निर्णय गरेको छ । क्रसर बन्द हुँदा विकास निर्माणमा प्रभाव परेको भन्दै अवैधलाई बन्द गर्ने तर कर मात्रै नतिरेकालाई संचालन गर्न दिने निर्णय गरेको हो ।

सरकारले क्रसर उद्योगसँग सम्बन्धित कानुन बनाउने निर्णय पनि लिएको एक मन्त्रीले जानकारी दिए ।

गृह मन्त्रालयले पुस तेस्रो साता देशभर सञ्चालनमा रहेका अवैध क्रसर बन्द गराउन सबै जिल्ला प्रशासनलाई परिपत्र गरेको थियो । त्यसै अनुसार अधिकांश उद्योग बन्द गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved