शिवको तेस्रो आँखाको रहस्य

नेपालभ्युज

शिवको तेस्रो आँखाको रहस्य

एजेन्सी । छिट्टै शिवरात्री आउँदैछ । शिवरात्रीमा शिवको आराधनाका साथै उनले जस्तै भाँग धतुरो खाने पनि धेरै हुन्छन् । शिवरात्री नेपालमा पनि भव्यताका साथ मनाइन्छ । महादेवले सबैको उद्दार गर्ने विश्वास राखिन्छ ।

यस्तै भगवान शिवका तीनवटा आँखा छन् भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । तर उनलाई यो तेस्रो नेत्र कसरी प्राप्त भयो भन्नेबारे कमैलाई थाहा हुन सक्छ । यसको पछाडि पनि एउटा रहस्यात्मक कथा छ ।

भगवान् शिवले विनाश गर्नु पर्दा मात्रै तेस्रो नेत्र खोल्ने भन्ने मान्यता छ । तर ब्रह्माण्डलाई बचाउनका लागि उनले पहिलो पटक यो आँखा खोलेका थिए । यसको रहस्यको पर्दा महाभारतको छैटौं खण्डको अनुशासन पर्वमा खुलाइएको छ ।

पौराणिक कथाका अनुसार एकपटक नारदजीले भगवान शिव र माता पार्वतीको वार्तालाप सुनाउँछन् र यस कुराकानीमा शिवको त्रिनेत्रको बारेमा ९ रहस्यहरु बताएका छन् ।

नारदमुनी ऋषि भन्छन्, ‘एक पटक भगवान शिवले हिमालय पर्वतमा सभा गरिरहेका थिए, उक्त बैठकमा सबै देवता, ऋषि र ज्ञानीहरु सहभागी थिए ।

जब माता पार्वती बैठकमा आइन् र शिवसँग मनोरञ्जन गर्न लागिन्, सोही क्रममा उनले शिवका दुवै आँखा हातले बन्द गरिन् । पार्वतीले शिवको आँखा छोप्नेबित्तिकै सारा सृष्टिमा अन्धकार छायो, सूर्य नै नभएको जस्तो भयो ।

पृथ्वीका सबै प्राणीमा त्रास फैलियो । भगवान शिवले संसारको यो अवस्था देख्न सकेनन् र उनको निधारमा प्रकाशको किरण प्रकट भयो जुन भगवान शिवको तेस्रो नेत्र बन्यो र तुरुन्तै सम्पूर्ण सृष्टि उज्यालो भयो ।

पछि जब पार्वतीले शिवजीलाई यो तेस्रो नेत्रको बारेमा सोधिन्, उनले भने कि यदि उनले यो नगरेको भए सारा सृष्टि नष्ट हुने थियो, किनभने उनका आँखा संसारका उद्दारकर्ता हुन् ।’

यस घटनापछि शिवलाई तेस्रो नेत्र प्राप्त भएको कथन छ, जसलाई शिव सधैं बन्द राख्छन् । जब शिवको तेस्रो नेत्र खुल्छ, तब विनाश हुनबाट कसैले नरोक्ने धार्मिक मान्यता छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved