भारत विश्व वरियताको शीर्ष स्थानमा उक्लियो, न्युजिल्याण्ड बन्यो निरिह !

नेपालभ्युज

भारत विश्व वरियताको शीर्ष स्थानमा उक्लियो, न्युजिल्याण्ड बन्यो निरिह !

काठमाडौं । भारत एकदिवसीय क्रिकेटको विश्व वरियताको शीर्ष स्थानमा उक्लिएको छ । गएराती इन्दोरमा भएको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट ९० रनले जितेसँगै भारतले शृङ्खला ३-० ले आफ्नो पक्षमा पारेको हो । न्युजिल्याण्डसँगको शृङ्खला क्लिनस्वीप गरेसँगै भारत विश्व वरियताको शीर्ष स्थानमा पुगेको हो ।  प्रतियोगिता सुरु हुनुअघि चौथो स्थानमा रहेको भारत अहिले विश्व वरियताको शीर्ष स्थानमा पुगेको हो । प्रतियोगिता अघि शीर्ष स्थानमा रहेको न्युजिल्याण्ड अहिले चौथो स्थानमा झरेको छ ।

गएराति भारतले दिएको ३ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४१.२ ओभरमा २ सय ९५ रनमा अल आउट भयो । न्युजिल्यान्डका ओपनर डेभन कन्वेले १ सय बलमा १२ चौका र ८ छक्कासहित १ सय ३८ रनको सानदार शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । भारतका शार्दुल ठाकुर र कुलदीप यादवले तीन तीन विकेट लिए । युजभेन्द्र चहल दुई, हार्दिक पान्ड्या र उमरान मलिकले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८५ रन बनाएको थियो । भारतका ओपनर शुभमन गिलले ७८ बलमा १३ चौका र ५ छक्कासहित १ सय १२ रनको सानदार शतकीय इनिङ खेले । गिलले न्युजिल्यान्डविरुद्ध पहिलो ओडिआई खेलमा २ सय ८ रनको सानदार दोहोरो शतकीय इनिङ खेलेका थिए ।

कप्तान रोहित शर्मा ८५ बलमा ९ चौका र ६ छक्कासहित १ सय १ रनमा आउट भए । रोहितको यो ३० औं एकदिवसीय शतक हो । पहिलो विकेटका लागि शुभमन गिल र रोहित शर्माले २६.१ ओभरमा २ सय १२ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । भारत र न्युजिल्यान्डबीच अव तीन टि२० आई खेलको सिरिज हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved