जर्मनी र फ्रान्सले युरोपको विकासमा अग्रता लिनुपर्छ : म्याक्रोँ

नेपालभ्युज

जर्मनी र फ्रान्सले युरोपको विकासमा अग्रता लिनुपर्छ : म्याक्रोँ

पेरिस । जर्मनी र फ्रान्सले युरोपको विकासमा ‘अग्रता’ लिनुपर्ने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले बताएका छन‍् ।

फ्रान्स र जर्मनीले युद्धपछिको सहकार्यको ६० औँ वार्षिकोत्सवका उपलक्ष्यमा आइतबार पेरिसमा आयोजना भएको एक समारोहमा युरोपको विकासमा जर्मनी र फ्रान्सले ‘अग्रणि’ भूमिका लिनुपर्ने बताएका हुन् ।

यसैगरी उक्त अवसरमा फ्रान्सको भ्रमणमा रहेका जर्मनीका चान्सलर ओलाफ स्कोल्जले भने, ‘जर्मनी र फ्रान्सले मेलमिलापको मार्ग प्रशस्त गरेकाले युरोपलाई पुनः गतिमा लान उनीहरू नै अग्रगामी बन्नुपर्छ ।’

नयाँ ऊर्जा मोडेल निर्माण गर्ने, नवीनता र भोलिका प्रविधिहरूलाई प्रोत्साहित गर्ने तथा युरोपेली सङ्घको रक्षाका लागि रिक्तता र कूटनीतिमा आफ्नै अधिकारमा भूराजनीतिक शक्ति भएको सुनिश्चित गर्नुपर्ने आवश्यकता स्कोल्जले औंल्याए ।

युक्रेन युद्धलाई लिएर जर्मनी र फ्रान्सबीचको मतभिन्नता उच्चस्तरीय द्विपक्षीय भ्रमणबाट अन्त्य हुने अपेक्षा गरिएको छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved