काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले मोन्टी देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय भएको छ। क्यानको मुख्य प्रशिक्षक छनोट समितिले भारतीय देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो।
क्यानका प्रबन्धक वृत्तान्त खनालले नेपाल भ्युजसँगको कुराकानीमा भने, ‘समितिले संयुक्तरूपमा हेर्दा मोन्टी देशाई नै राम्रो पायौँ। हामीले उनको नाम माथिल्लो तहलाई प्रस्ताव गरेका छौँ।’ यसबारे क्यानले औपचारिक घोषणा भने गर्न बाँकी छ।
सन् २०१७ मा देशाईले नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिममा ब्याटिङ कन्सल्ट्यान्टको जिम्मेवारी निर्वाह गरेका थिए । देशाईले सन् २०१५ को आईसीसी टी–ट्वान्टी विश्वकप छनोटका क्रममा नेपाली क्रिकेट टिमका लागि काम पनि गरेका थिए ।
कुल २४ जनाले दिएको आवेदनबाट उत्कृष्ट ५ निवेदकको अन्तवार्ता लिइएको थियो।
मोन्टीले क्यानडासँग आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा मुख्य प्रशिक्षकको रूपमा र अफगानिस्तानसँग २०१८ मा भएको आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा ब्याटिङ कोचको रूपमा काम गरेका थिए।
आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगितामा उनले संयुक्त अरब इमिरेट्स यूएईमा ब्याटिङ प्रशिक्षकको रूपमा पनि काम गरेका थिए।
Facebook Comment
Comment