के झुण्डिएर हाइट बढाउन सकिन्छ ?

नेपालभ्युज

के झुण्डिएर हाइट बढाउन सकिन्छ ?

एजेन्सी । तपाईंको कदको उचाईंले पर्सनालिटीलाई राम्रो बनाउने काम गर्छ । बच्चाको हाइटलाई लिएर प्रायः आमाबुवा आजकल चिन्तामा रहन्छन् ।

बच्चालाई स्याहार गर्ने क्रममा विभिन्न खाले खानपान पनि दिन्छन् जसले गर्दा बच्चाको हाइट बढोस् । तपाईंले पनि हाइट बढाउन के गर्ने भन्ने बारे विभिन्न उपायहरु दिएको सुन्नुभयो होला ।

कतिपय योगा तथा अभ्यासहरुमा भनिएको हुन्छ टंगिदा वा झुण्डिदा हाइट बढ्छ भनेर । अथवा झुण्डेर गर्ने खालका व्यायामले हाइट बढ्छ भनेर विभिन्न समाचार पनि पढ्नुभएको होला ।

आज जानौं एक भारतीय डाक्टरको भनाईमा यो कुरा साँचो हो कि झुठो हो ।

के झुन्डिँदा हाइट बढ्छ ?

विज्ञानअनुसार कुनै पनि व्यक्तिको लम्बाई उसको आमाबुवाको जीन, खानपान तथा शरीरमा हुने हर्मोनल परिवर्तनमा निर्भर हुन्छ । तर यसबाहेक यदी तपाईं नियमित रुपमा व्यायाम तथा योगासनको अभ्यास गर्नुहुन्छ भने पनि लम्बाईं बढन यसले मद्दत पुग्छ । पुसअप तथा टंगिने खालको व्यायाम शरीरका लागि एकदमै राम्रो हुन्छ ।

यस्ता अभ्यासहरु गर्दा तपाईंको शरीरमा लचकता आउँछ । साथै शरीरको पोश्चर पनि ठिक रहन्छ । टंगीएर गर्ने खालका व्यायामले तपाईंको शरीरको विकासमा राम्रो भूमिका खेल्न सक्छ ।

एक भारतीय सीनियर फिजिशियन डाक्टर समीरका अनुसार कुनै पनि व्यक्तिको लम्बाईंका पछाडि धेरै खालका कारण हुन्छन् । आमाबुवाको जीन, खानपान, शारीरिक स्वास्थ्य तथा शरीरमा हुने हर्मोनल परिवर्तनले हाइट बढुनुमा विशेष भूमिका निभाएको हुन्छ ।

यदी बच्चालाई १०–११ वर्षको उमेरमा झुण्डिएर गर्ने व्यायाम सिकाइयो भने त्यसले शरीरको पोश्चर ठिक गर्न मद्दत पुग्छ । तर यस्तो भने बिल्कुल होइन कि टंगिएर वा झुण्डिएर मात्रै तपाईंको हाइट बढ्ने गर्छ । यो अभ्यास शरीरको पोश्चर ठिक राख्न र शारीरिक विकासलाई तेज गर्न उपयोगी हुन्छ ।

हाइट कसरी बढ्छ ?

कुनै पनि व्यक्तिको हाइट उसको आमाबुवाबाट प्राप्त भएको अनुवांशिक गुणमा सबैभन्दा धेरै निर्भर हुन्छ । यदी तपाईंको परिवारमा सबै व्यक्ति अग्ला हुनुहुन्छ भने तपाईंको हाइट पनि अग्लो हुन्छ । तर यदी आमाबुवा नै एकदमै सानो हाइटका हुनुहुन्छ भने तपाईंको पनि लम्बाई कम हुन सक्छ ।

यसबाहेक सन्तुलित खानपिन, हर्मोनल परिवर्तन, जलवायु, मौसम आदिमा पनि निर्भर हुन्छ । शरीरमा जरुरी पोषक तत्वको कमीका कारण पनि लम्बाई कम हुने सम्भावना हुन्छ । यसबाहेक केही विमारीका कारण पनि लम्बाईमा असर पुग्न सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved