उपसभामुखमा सोविता गौतम ‘पक्का’, आज मनोनयन

नेपालभ्युज

उपसभामुखमा सोविता गौतम ‘पक्का’, आज मनोनयन

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन भोलि माघ ७ गते शनिबार हुँदैछ । त्यसको लागि आज शुक्रबारर  उम्मेदवारी मनोनयनको तालिका रहेको छ ।

संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यसूचीमा शुक्रबार १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने उल्लेख छ । आजै अपराह्न ४ बजेर १५ मिनेटमा उम्मेदवारको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिने छ ।

उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने पक्का छ । स्वतन्त्र पार्टीभित्र पनि सोविता गौतमले पाउने पक्का जस्तै भएको छ । सभामुखमा पुरुष उम्मेदवार विजयी भएकाले उपसभामुखमा फरक पार्टीको महिला उम्मेदवार निर्वाचित हुनैपर्ने कानुनी प्रावधान रहेको छ ।

यसअघि शुक्रबार सोविता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी थिइन् । भेटमा प्रचण्ड ओली दुवैले मनोनयनको तयारी गर्न भनेका थिए । उनी काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved