एजेन्सी । महको प्रयोग विभिन्न रोगका औषधीका लागि समेत गरिन्छ । महलाई निकै गुणी खाद्यवस्तुका रुपमा लिइन्छ । तर मह खाने तरिकाले पनि स्वास्थ्यलाई राम्रो गर्ने या नराम्रो गर्ने भन्ने कुरा फरक पर्छ ।
मह खाँदा विचार पुर्याउन नसके स्वास्थ्यलाई बेफाइदा पनि गर्न सक्छ । मह र घ्यू यदी बराबर खाए ज्यान समेत जान सक्ने खतरा हुन्छ । यस्तै अन्य केही तरिका छन् जुन मह खाँदा विचार गर्नुपर्छ
– मह र घ्यू बराबर खाए विष जस्तै खराब गर्छ र यसले ज्यान समेत लिन सक्छ ।
-एकदमै तातो पानी, चिया र दुधमा मह हालेर खाए रोगहरु लाग्न सक्छ ।
-मूला, कटहर मह सित खानु हानिकारक हुन्छ ।
-माछा, मासु र मकैसित मह खाए पनि हानिकारक हुन्छ ।
– चर्को घाममा हिँडेर पसिना आएको बखत तथा औषधी खाएर तुरुन्त मह नखानुहोला ।
– मह तताएर खानु हुँदैन ।
-शुद्ध मह कागजमा बोकेर लैजान सकिन्छ ।
– शुद्ध मह कुकुरले खाँदैन ।
Facebook Comment
Comment