विमान दुर्घटना : ४ जनाको अवस्था अझै अज्ञात, खोजी कार्य जारी

नेपालभ्युज

विमान दुर्घटना : ४ जनाको अवस्था अझै अज्ञात, खोजी कार्य जारी

पोखरा। आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनामा हालसम्म ६८ जनाको शव भेटिएको छ भने ४ जनाको अवस्था अझै अज्ञात छ । उनीहरूबारे खोजी कार्य तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ । अहिलेसम्म ६८ जनाको मात्रै शव भेटिएको छ । आइतबार साँझ ६३ र सोमबार बिहान ५ वटा शव बाहिर निकालिएको थियो ।

हालसम्म ३८ जनाको मात्र सनाखत भएको छ । सनाखत नभएका शवलाई डीएनए परीक्षणका लागि आज काठमाडौं हेलिकप्टरबाट पठाउन लागेको अस्पतालले जनाएको छ।

आइतबार सेती खोंचमा दुर्घटनामा परेको विमानमा चालक दलका ४ जनासहित ७२ जना यात्रु सवार थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved