पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान पुनः सुरू

नेपालभ्युज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान पुनः सुरू

काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः सुरू  भएको छ । पोखरामा जहाज दुर्घटनामा परेपछि अवरुद्ध भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः सुरू भएको छ ।

आइतबार बिहान ११ः५० मा सेती खोंचमा जहाज दुर्घटनामा परेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको थियो । दुर्घटनाग्रस्त क्षेत्रमा उद्धारको काम जारी छ ।

विमानस्थल कार्यालयका अनुसार दुर्घटना अगाडिसम्म पाइलटले एटीसीसँग सम्पर्क गरिरहेका थिए । त्यसपछि जहाज दुर्घटनामा परेको हो ।

दुर्घटनापछि फायर फाइटिङसहित सबै संयन्त्र खटिनुपरेका कारण विमानस्थल बन्द गरिएको थियो । जसले उडानहरु अवरुद्ध बनेका थिए ।

तर, अहिले भने पूर्वनिर्धारित उडान पुनः सुरू गरिएको कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved