चुम्बन गर्नुका फाइदै फाइदा

नेपालभ्युज

चुम्बन गर्नुका फाइदै फाइदा

एजेन्सी । चुम्बनलाई हरेक तरिकाले व्याख्या गरिन्छ । सम्बन्ध मजबुत बनाउन पनि चुम्बनले ठूलो भूमिका खेलेको हुन्छ ।

आफ्नो पार्टनरलाई रोमान्टिक मुडमा ल्याउन भन्दा पनि बढी यसले स्वास्थ्यमा ठूलो लाभ पुर्‍याउँछ ।

चुम्बन गर्नुका फाइदाहरु के के छन् ? जानौं ।

हृदय हुन्छ स्वस्थ : 

एड्रेनालिन हर्मोनले शरीरमा रक्तसञ्चार गर्न मद्दत गर्छ । जब तपाईं आफ्नो पार्टनरलाई चुम्बन गर्नुहुन्छ तब यसको स्तर बढ्ने गर्छ । यसका कारण शरीरमा अधिक मात्रामा रक्तसञ्चार हुने गर्छ ।

यतिमात्र नभइ यसले रगतमा एपिफ्रीन पनि छोड्ने गर्छ जसका कारण रक्तसञ्चार छिटो हुने गर्छ । यसबाहेक चुम्बनले रक्तचाप कम पनि गराउँछ ।

तनावबाट मुक्त गराउँछ :

दिनमा तपाईं कतिपटक थकान तथा अस्वस्थ भएको महसुस गर्नुहुन्छ ? यदी यस्तो महसुस गर्नुहुन्छ भने तपाईंको शरीरमा कोर्टिसोल हर्मोनका कारण तपाईंलाई यस्तो भएको हुन सक्छ ।

चुम्बनले शरीरमा कोर्टिसल हर्मोन कम गर्ने काम गर्छ । साथै सेरोटोनिन हर्मोनको स्तर बढाउने काम गर्छ । आक्सीटोसिन हर्मोनको स्तर घट्दा चिन्ता पनि कम भएर जान्छ ।

प्रतिरोधात्मक शक्तिमा सुधार :

जब तपाईं आफ्नो पार्टनरलाई चुम्बन गर्नुहुन्छ, तब प्रतिरक्षा प्रणाली पनि बलियो हुने गर्छ । जर्नल मेडिकल हाइपोथेसिसका अनुसार चुम्बनले महिलालाई धेरै फाइदा गर्छ ।

कुनै संक्रमित पार्टनरले किस गर्दा सितोमेगालो भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता बन्ने बताइएको छ ।

विल्केश विश्वविद्यालयको अनुसन्धानका अनुसार चुम्बनले शरीरमा संक्रमणसँग लड्ने एन्टीबडी इमुनोग्लोबिन ए को स्तरको विकास गर्छ । जसका कारण रगतमा हिस्टामिनको स्तर पनि बढ्ने निष्कर्ष निकालेको छ ।

दुखाइ कम गर्छ :

जब प्यासोनेट किस गर्नुहुन्छ तब तपाईंको शरीरमा एड्रेनालाइन हर्मोन रगतमा छोड्ने काम गर्छ । यसले दुखाईको भावनालाई केही हदसम्म कम गर्छ ।

साथसाथै शरीरमा एन्डोर्फिन नामक प्राकृतिक रसायन पनि शरीरमा छोड्ने काम गर्छ । जसले मार्फिनजस्तो औषधीको काम गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved