सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

नेपालभ्युज

सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा उनलाई यसअघि जिल्ला अदालत काठमाडौंले थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउन आदेश दिएको थियो ।

उक्त आदेशकाविरुद्ध सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

लामिछानेका वकिल सरोज घिमिरेका अनुसार उनी भोलि २० लाख धरौटी बुझाएर छुट्नेछन् । उनलाई विदेश जानलाई केही सर्तहरू राखिएको उनले जानकारी दिए ।

उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले पनि लामिछानेले विदेश जान नपाउने आदेश भएको जानकारी दिए ।

यसअघि काठमाडौं जिल्ला अदालतले क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन आदेश दिएको थियो।

नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार बलात्कार गरेको आरोप लागेपछि सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको जिकिर गर्दै आएका छन् ।

उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved