पाइल्सको अचुक औषधी मुला !

नेपालभ्युज

पाइल्सको अचुक औषधी मुला !

एजेन्सी । नेपालमा पनि पाइल्सका बिरामीको संख्या बढिरहेको छ । पाइल्स रोकथाममा मुला भन्दा उत्तम विकल्प अरु केही हुँदैन ।

मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान गर्न सकिन्छ । मुलाको नियमित सेवनले पाइल्ससम्बन्धी समस्या भइसकेकालाई पनि रोकथाम गर्छ ।

पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महसुस हुने गर्दछ । पाइल्सको समस्याले तपाईं हरेक समय विभिन्न औषधीको प्रयोग गर्नुभन्दा एकपटक प्राकृतिक उपाय अपनाउन पनि सक्नुहुन्छ ।

मुलामा डाइट्री फाइबर पाइने गर्दछ । यसले स्टुललाई मुलायम बनाउन सहयोग गर्छ । यसबाट पाचन प्रक्रिया पनि राम्रो हुन्छ । मुलामा कयौं यस्ता तत्व पाइन्छ, जुन पाइल्स भएपछि हुने पीडा कम गर्न सहयोगीसिद्ध हुन्छ ।

यसका साथै मुलाले चिसो बनाउने काम पनि गर्दछ, जसबाट जलनमा पनि राहत प्राप्त हुन्छ । पाइल्सका रोगीले काँचो मुला सेवन गर्नु उपयुक्त हुन्छ । तपाईं चाहनुहुन्छ भने यसलाई पिसेर पनि सेवन गर्न सक्नुहुन्छ ।

अझ तपाईं मुलाको रस निकालेर पनि पिउन सक्नुहुन्छ । मुलाको रस सेवन गर्दा भने एकपटक चिकित्सकको सल्लाह अवश्य लिनुहोस् । तपाईं मुलाको प्रयोग संक्रमित स्थानमा जलन शान्त पार्न लगाउन पनि सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved