लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विश्वासको मत दिने भएको छ।

नेपालभ्युज

लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विश्वासको मत दिने भएको छ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको बैठक मार्फत विश्वासको मत लिँदैछन्। लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भएको हो।

आफूहरूको माग सम्बोधन गर्ने गरी प्रधानमन्त्री प्रस्तुत भएकाले विश्वासको मत दिने निर्णय भएको जसपाका एक नेताले बताए।

‘‘नीति तथा कार्यक्रममा पनि एक किसिमको प्रतिबद्धता आयो । उहाँले संसदमा हिजो विश्वासको मत पनि माग्नुभयो। राष्ट्रिय सिनारियो पनि त्यही हिसाबले अगाडि बढेकाले हामी उहाँलाई विश्वासको मत दिन्छौँ,’’ ती नेताले बताए।

गत पुस १० गते प्रधानमन्त्री प्रचण्ड एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रचण्डलाई नेकपा एकीकृत समाजवादीले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved