प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै, कांग्रेसले पनि मत दिने अपेक्षा

पुसको १० गते प्रधानमन्त्रीमा नियुक्त भएर ११ गते शपथ लिएका प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।  विहान ११ बजे बस्ने संसद बैठकमा प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै, कांग्रेसले पनि मत दिने अपेक्षा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् ।

पुसको १० गते प्रधानमन्त्रीमा नियुक्त भएर ११ गते शपथ लिएका प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।  विहान ११ बजे बस्ने संसद बैठकमा प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री नियुक्त हुने बेलामा प्रचण्डलाई ३२ सिट भएको नेकपा माओवादी केन्द्र, ७८ सिटको एमाले, २० सिटको राष्ट्रिय स्वतन्त्र पार्टी, १४ सिटको राप्रपा, १२ सिटको  जसपा, त्यसैगरी जनमत पार्टी र नागरिक उन्मुक्ती पार्टी तथा केहि स्वतन्त्र समेत गरेर १ सय ६९ जना सांसदको साथ थियो । विश्वासको मत लिँदा यो संख्या १ सय ८० पुग्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताइसकेका छन् ।

तर प्रचण्डले भने कांग्रेसले पनि विश्वासको मत दिने आसा गरेका छन् ।  सोमवार साँझ देउवा निवास पुगेका प्रचण्डले गठबन्धन टुटे पनि आफूले कांग्रेससँगको गठबन्धनबाट जितेको नभुलेको भन्दै विश्वासको मत दिन आग्रह गरेका थिए ।

देउवाले भोलि संसदीय दलको बैठक बसेर निर्णय गर्ने आश्वासन प्रचण्डलाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डले कांग्रेसबाट विश्वासको मत पाए राष्ट्रिय सहमतिको सन्देश जाने र चुनावसम्म कायम रहेको गठबन्धनको औचित्य पनि पुष्टि हुने बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved