न्यूनतम साझा कार्यक्रम कार्यदलले उच्चस्तरीय संयन्त्रलाई बुझायो मस्यौदा (पूर्ण पाठसहित)

नेपालभ्युज

न्यूनतम साझा कार्यक्रम कार्यदलले उच्चस्तरीय संयन्त्रलाई बुझायो मस्यौदा (पूर्ण पाठसहित)

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम लेखन कार्यदलले उच्चस्तरीय संयन्त्रलाई आज मस्यौदा बुझाएको छ। शुक्रबार बसेको बैठकबाट सबै टुङ्गो लगाएर शीर्ष नेतृत्वलाई मस्यौदा बुझाएको हो ।

न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलका संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार बस्ने बैठकले मस्यौदालाई अन्तिम रूप दिएर बुझाएको बताए।

कार्यदलले पहिलो चरणमा सबै दलबाट सुझाव संकलन गरेको थियो। सत्तासाझेदार दलहरूबीच सहमति भएका न्यूनतम कार्यक्रम मात्र मस्यौदामा समेटिएका छन्।

प्रस्तावित मस्यौदामा एक वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउनेदेखि स्थानीय तहले लिँदै आएको पञ्जीकरणसम्बन्धी सबै शुल्क हटाउनेसम्मका कार्यक्रम समेटिएका छन् ।

 

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved