यू-२० राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए ११ खेलाडी

नेपालभ्युज

यू-२० राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए ११ खेलाडी

काठमाडौं। यू–२० राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको तालिममा मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले टोलीको संख्यालाई ३० मा सीमित गरेका हुन्।

यससँगै ४१ मध्ये ११ खेलाडीलाई बाहिरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

अन्तिम टोलीले सन् २०२३ फेब्रुअरी ३–९ सम्म बङ्गलादेशको ढाकामा आयोजना हुने साफ यू–२० महिला प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।

बन्द प्रशिक्षणमा भएका खेलाडी

गोलरक्षक : कविता विक, सावित्री किशन, लिला जोशी, पूजा थापा, सुजाता तामाङ

डिफेन्डर : सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, गंगा रोकाया

मिडफिल्डरः कुमारी तामाङ, तुलसा बोहरा, सुष्मा जीटी, कुसुम खतिवडा, जेनिफर राणा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माछामासी, सरस्वती हमाल, हिमा रावत, दीपा शाही

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द, सदिपा भोलन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved