वेदुराम भुसाललाई प्रश्न- प्रतिगमन भन्दै छुट्टिएको एमालेसँग पनि पार्टी एकता गर्ने हो ?

भुसाललाई एकीकृत समाजवादीले वाम एकताको पहल गर्न भन्दै वार्ता कार्यदलको संयोजक बनाएको छ। उनीसँग गरिएको संक्षिप्त कुराकानी।

नेपालभ्युज

वेदुराम भुसाललाई प्रश्न- प्रतिगमन भन्दै छुट्टिएको एमालेसँग पनि पार्टी एकता गर्ने हो ?

वेदुराम भुसाल नेकपा एकीकृत समाजवादीका महासचिव हुन्। केही सहकर्मी प्रधानमन्त्री र मन्त्री बने पनि भुसाल भने अहिलेसम्म कुनै राजकीय पदमा लोभिएनन्। प्रधानमन्त्री, मन्त्री नबने पनि राजनीतिमा शानदार छवि बनाएका उनै भुसाललाई एकीकृत समाजवादीले वाम एकताको पहल गर्न भन्दै वार्ता कार्यदलको संयोजक बनाएको छ।

कार्यदललाई ‘वाम एकताका विषयमा बृहत् छलफल गर्ने र एकतासम्मको प्रक्रिया टुङ्ग्याउने’ अख्तियारी दिइएको छ। उनै भुसालसँग वार्ता कार्यदलको विषयमा नेपालभ्युजले गरेको संक्षिप्त कुराकानी।

साँच्चिकै सबै कम्युनिस्ट पार्टीसँग एकताको पहल गर्ने कार्यदल हो कि अहिले जनता समाजवादी पार्टी (जसपा)सँग एकता गर्ने बहानामा बनाइएको कमिटी हो ?

अहिले त वार्ता गर्ने न हो। एकता हुने नहुने पछिको कुरा हो। अहिलेलाई हामीले वार्ता गर्ने निर्णय गरेका हौँ। जसपाले पनि हामीसँग वार्ता गर्न चाहेको छ । अब कोकोसँग वार्ता हुन्छ ? कोकोसँग एकताको सम्भावना देखिन्छ उनीहरूसँग कार्यगत एकतादेखि पार्टी एकतासम्म हुन्छ।

जसपासँग चाहिँ पार्टी एकताको कुरा मिलिसकेको हो ?

वार्ता नै भएको छैन त कसरी कुरा मिल्छ ? वार्ता कमिटी त बल्ल बन्दैछ।

एमाले नेतृत्वको सत्तागठबन्धनले तपाईँहरूलाई सरकारमा बोलाएन। तर तपाईँहरू खुट्टा उचालिरहनुभएको छ। सरकारमा जानकै लागि अरू कुनै दलसँग एकता  गर्न खोजेको हो ?

पहिला सरकारमा आउनुपर्याे भनेर आमन्त्रण हुनुपर्‍यो। त्यसपछि बल्ल जाने नजाने कुरा होला। त्यो भएकै छैन। त्यत्तिकै सरकारमा जाने रे भन्ने हल्ला चल्छ।

जसपामा पनि असन्तुष्ट पक्षले पार्टी विभाजन गर्न लागेको हल्ला छ। एकीकृत समाजवादी पनि विभाजन हुन्छ की भन्ने चर्चा छ। त्यो विभाजन रोक्नको लागि हतारमा एकता प्रक्रिया थालिएको हो ?

हैन, हैन । केही हैन। यो कहाँबाट कुरा आउँछ मत कुरै बुझ्दिन।

तत्कालै कोसँग कहिलेसम्ममा एकताको सम्भावना छ ? 

बल्ल आज वार्ता गरौँ भन्ने भाको छ। वार्ता गर्दाखेरी के हुन्छ एकता हुन्छ की हुँदैन की, कुरा मिल्नुपर्‍यो। अनि कसरी ठ्याक्कै त्यही समयभित्रै एकता हुन्छ भनौँ ।

डेढ वर्षअघि प्रतिगमन भन्दै छुट्टिएको एमालेसँग पनि पार्टी एकताको लागि वार्ता गर्ने हो ?

हामीले बृहत् वामपन्थी एकताको लागि विचार सिद्धान्त मिल्ने पक्षसँग एकताको पहल गर्ने हो। एमालेबाट के जवाफ आउँछ। हेरौँ।

वाम दलसँग एकताका लागि वार्ता अघि बढाउने एकीकृत समाजवादीको निर्णय


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved