गण्डकी प्रदेशमा २५ गतेभित्र सरकार गठनका लागि आह्वान

नेपालभ्युज

गण्डकी प्रदेशमा २५ गतेभित्र सरकार गठनका लागि आह्वान

कास्की। गण्डकी प्रदेशमामा सरकार गठनका लागि आह्वान भएको छ। गण्डकीका  प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै २५ गते सोमबार दिउँसो ४ बजेभित्र मुख्यमन्त्री दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन्।

संविधानको धारा १६८ को उपधारा १ बमोजिम गण्डकी प्रदेशमा सरकार गठनका लागि कुनै पनि दलको बहुमत नपुग्ने भएपछि सोही धाराको उपधारा २ बमोजिम सरकार गठनका लागि आह्रवान गरिएको हो ।

६० सदस्य रहेको गण्डकी प्रदेशसभामा सरकार गठनका लागि ३१ सदस्य चाहिन्छ । गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादीका २ सांसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved