काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा ११ क्लबले प्रवेश फारम बुझाएका छन्। बुधबारसम्म ११ क्लबले फारम बुझाएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको हो।
११ मध्ये १० क्लबहरूले लिग तयारीको पहिलो किस्ता पाइसकेको एन्फाले जनाएको छ। पहिलो किस्तावापत १५ लाख रुपैयाँ प्रदान गरिएको छ।
चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्री स्टार क्लब, संकटा क्लब, न्युरोड टिम र नेपाल पुलिस क्लबले प्रवेश फारम बुझाएका छन्। नेपाल पुलिस क्लबले भने तयारी खर्च पाएको छैन।
एन्फाले हरेक क्लबलाई लिग तयारीस्वरूप ३२ लाख ५० हजार रुपैयाँ प्रदान गर्नेछ। विगतको संस्करणमा भन्दा तयारी रकममा १० लाख थप गरिएको हो। आज बिहीबार लिगको लागि क्लब दर्ता गर्ने अन्तिम दिन हो।
Facebook Comment
Comment